News

सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु, तीन जना घाइते

सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु, तीन जना घाइते

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा कपिलवस्तुमा ४ जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन् ।

दुर्घटनामा सशस्त्र प्रहरी हबल्दार रमेश चौधरी, सहायक हबल्दार रमेश चौधरी,  जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका–३ का २६ वर्षीय अमर संग्रामी मगरको मृत्यु भएको छ।

घाइते भएका सशस्त्रका सई गोविन्द सुवेदी, वरिष्ठ हबल्दार कुलबहादुर घर्ती र जवान प्रेम मल्लको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरू तीन जनाकै अवस्था चिन्ताजनक छ।

सशस्त्र प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी मिन बहादुर घलेका अनुसार चार नम्बर जितपुरबाट शुक्रबार राति तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ न. ट्रक बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा दुर्घटना भएको थियो । 
 

विशेष