News

माधव नेपाल भन्छन्– केपी ओलीलाई पछार्न सकेकोमा तपाईहरुले गुन मान्नु पर्छ

माधव नेपाल भन्छन्– केपी ओलीलाई पछार्न सकेकोमा तपाईहरुले गुन मान्नु पर्छ

नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले माओवादी र आफूले विद्रोह गरेर केपी ओलीलाई पछार्न सकेकोमा गुन मान्नु पर्ने बताएका छन्। 

लोकतान्त्रिक वाम गठबन्धन्को भेलालाई सम्वोधन गर्ने क्रममा नेता नेपालले गलत मान्छेको हातमा नेतृत्व गएकाले त्यसबाट देशलाई जोगाउन नयाँ गठबन्धन बनाएको जिकिर गरे। उनले आफूहरूले गरेको कामको गुन सम्झनुपर्ने बताए। 

अध्यक्ष नेपालले कार्यकर्तामा उत्साह नदेखिएको भन्दै निराशा व्यक्त गरे। ‘किन होला भोक लागेर हो कि मन कुँडिएर हो – नेताहरूलाई उत्साह भरेको पाइनँ।’ उनले भने–‘मनमा गुनासो होला तर नेपालको राजनीतिको समस्या हो। यसका बारेमा पछि समीक्षा गरौंला गुनासो भएपछि सम्बोधन हुने छ।’

उनले आफूहरूको गठबन्धन परिवर्तनकारी भएको र अर्को गठबन्धन प्रतिगामी भएको आरोप लगाए। उनले विरोधीहरूले गर्ने भ्रमात्मक कुराको तथ्यका आधारमा खण्डन गरेर अघि बढ्न सुझाव दिए।

विशेष