News

स्वर्णिम वाग्लेको खुलासाः ओलीले काठमाण्डौं ७ बाट चुनाव लड्न भनेका थिए

स्वर्णिम वाग्लेको खुलासाः ओलीले काठमाण्डौं ७ बाट चुनाव लड्न भनेका थिए

अर्थविद् स्वर्णिम वाग्लेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौं ७ बाट चुनाव लड्न प्रस्ताव गरेको खुलासा गरेका छन्।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका वाग्लेले नेपाली कांग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा यस्तो खुलासा गरेका हुन। कांग्रेसबाट टिकट नपाएपछि आफूलाई एमाले अध्यक्ष ओलीले काठमाडौं ७ बाट उम्मेदवारी दिन आग्रह गरेको उनले वताए ।

काठमाण्डौं ७ बाट उम्मेदवारी दिए आफ्नो पार्टीले सहयोग गर्ने प्रस्ताव ओलीले गरेको उनको भनाई थियो। ‘कांग्रेसबाट उम्मेदवार हुन टिकट पाइन, एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर काठमाडौं ७ बाट उठ्न आग्रह गर्नुभएको थियो’ उनले भने–‘त्यहाँ हाम्रो उमेद्वार छैन, एमाले सहयोग गर्छ भन्नुभएको थियो।’

तर पार्टीभित्रै लडेर अघि बढ्न सकिन्छ भन्ने लागेर आफूले कांग्रेस नछाड्ने वाग्लेले बताए । ‘मलाई पार्टीभित्रै गर्न सकिन्छ भन्ने  छ । पार्टीभित्रै लडेर अघि बढ्न सकिन्छ भन्ने लाग्छ’ उनले थपे–‘गगन थापा र विश्वप्रकाश शर्मालाई कसैले दिएर महामन्त्री हुनुभएको होइन । पार्टी भित्रै लडेर महामन्त्री हुनुभयो।’
 

स्वर्णिम वाग्ले

विशेष