News विदेश

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट किन निकालिए पूर्वराष्ट्रपति हु जिन्ताओ

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट किन निकालिए पूर्वराष्ट्रपति हु जिन्ताओ

बेइजिङको ग्रेट हलमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ सम्मेलनको समापन बैठकबाट चीनका पूर्वराष्ट्रपति हु जिन्ताओलाई जबर्जस्ती निकालिएको छ ।

सुरक्षाकर्मीले हु जिन्ताओलाई जबर्जस्ती हातमा समातेर निकाल्दै गरेको भिडियोमा सार्वजनिक भएको छ। यस विषयमा बीबीसीले पनि लेखेको छ ।

हु जिन्ताओ सन् २०१२ मा सी चिनफिङ महासचिव चुनिनुअघि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र चीनका राष्ट्रपति थिए। ७९ वर्षका उनी गत आइतबार सुरू भएको कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशनको उद्घाटनमा पनि सहभागी थिए। 

अधिवेशनको अन्तिम दिन शनिबार ग्रेट हल अफ द पिपलमा हु जिन्ताओ सीको बाँयातिरको सिटमा बसेका थिए। त्यहीबेला दुई जना सुरक्षाकर्मी आएर उनलाई सिटबाट उठाएर वmाहिर निकालेको दृष्य सामाजिक संजालमा सार्वजनिक भएको छ।

सुरूमा एक जना पुरूषले केही भनेर सिटबाट उठाउन खोज्दा जिन्ताओ उठ्न मानिरहेका हुँदैनन्। केहीबेरको प्रयासपछि उनी सिटबाट उठ्छन्। तर, उनी जर्बजस्ती गरिएकोप्रति विरोध जनाइरहेका छन् । उनको ठीक अगाडि राष्ट्रपति सी चिनफिङ बसेका थिए । 

जाने बेलामा उनले सीलाई केही कुरा भन्छन् र छेऊमा बसेका प्रधानमन्त्री ली खछ्याङको काँधमा धाप मार्छन्। त्यसपछि उनलाई दुई जना पुरूषहरूले हलबाट बाहिर लिएर जान्छन्। चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वमहासचिव जिन्ताओलाई आज किन हलबाट बाहिर निकालिएको भन्नेबारे अधिकारीहरूले केही जानकारी दिएका छैनन्।
 

विशेष