News

टिकट नपाएकालाई राजदुत र नियुक्ति दिने प्रचण्डको आश्वासन

टिकट नपाएकालाई राजदुत र नियुक्ति दिने प्रचण्डको आश्वासन

नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दाहालले टिकट नपाएर असन्तुष्ट भएका नेताहरुलाई राजदुत र नियुक्ति दिने आश्वासन दिएका छन्।

विराटनगरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुमतपछि असन्तुष्ट नेताहरु खुसी हुने भन्दै नियुक्तिको आश्वासन दिए । हाल टिकट नपाएर असन्तुष्ट रहेका नेता कार्यकर्ताको अनुहार गठबन्धनको बहुमतपछि उज्यालो हुने उनको दाबी छ।

‘अहिले टिकट नपाएर मलिन भएका साथीहरू हाम्रो बहुमत आए राजनीतिक नियुक्ति तथा राजदूतमा अवसरै अवसर हुनेछ’ उनले भने–‘आएन भने यो सब जान्छ। यो कुरा बुझेर लाग्नुहोला।’ 

राजदुत नियुक्ति

विशेष