News

लिङदेन भन्छन्: कांग्रेस–माओवादी हाम्रा प्रतिस्पर्धी नै होईनन

लिङदेन भन्छन्: कांग्रेस–माओवादी हाम्रा प्रतिस्पर्धी नै होईनन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफना लागि कांग्रेस र माओवादी प्रतिस्पर्धी नै नभएको बताएका छन्। उनले आगामी निर्वाचनमा राप्रपाको पतिष्पर्धा एमालेसँग मात्र हुने बताए।

आइतबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लिङदेनले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताउँदै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरु १ सय भन्दा तलको सिटमा खुम्चिसकेको दावी गरे। 

आगामी निर्वाचनमा पनि पटकपटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरुलाई भोट हाल्ने हो भने नागरिकहरुले नै दुःख पाउने उनले जिकिर गरे।

अध्यक्ष लिङदेनले मतदाताहरु कांग्रेस र कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन तयार रहेको पनि दावी गरे। कांग्रेस र माओवादीलगायत दलहरुका मतदाताहरु नै अहिले राप्रपाको सक्रियता खोजिरहेको उनले उल्लेख गरे।

आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने दाबी गर्दै उनले आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने बताए।

‘जो नेतृत्व पटकपटकको नेतृत्वमा असफल भइसक्यो, त्यही नेतृत्व र त्यही पार्टीलाई हामीले मेरो पार्टी, पुरानो पार्टी भनेर भोट हालिराख्ने हो भने दुःख हामीले नै पाउँछौँ’ उनले भने–‘यसकारण यसपटक त्यो गल्ती गर्ने छुट कसैलाई छैन। यो निर्वाचनमा राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न सक्दैन।’
 

विशेष