News

नानी नै नपाई रविको कोक्रोः सांसदको टुङ्गो छैन, संसदिय दलको नेताका लागि चुनाव

नानी नै नपाई रविको कोक्रोः सांसदको टुङ्गो छैन, संसदिय दलको नेताका लागि चुनाव

नेपाली समाजमा एउटा उखान छ–‘नानी पाउनु कहिले कहिले कोक्रो बन्नु अहिले।’ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले यही उखान चरितार्थ गरेको छ।

लामिछानेको पार्टीले प्रतिनिधि सभा सदस्यका लागि १३० ठाउँमा उम्मेदवारी दिएको छ भने समानुपातिकतर्फ ११० जनाको नाम बुझाएको छ । यद्यपी, चुनाव आउन अझै धेरै दिन बाँकी छ। त्यसमा पनि उम्मेदवारी दिएका कति उम्मेदवारले चुनाव जित्छन भन्ने ग्यारेन्टी छैन। पार्टीका सभापति स्वयम लामिछाने पनि चुनाव जित्ने/नजित्ने निश्चिन्त हुन सकेका छैनन्।

तर, उक्त पार्टीले संसदीय दलको नेता चयनको प्रकृया भने सुरु गरिसकेको छ। पार्टीले सुचना नै प्रकाशित गरेर संसदिय दलको नेताका लागि उम्मेदवारी आह्वान गरेको छ । दलको नेताका लागि समानुपातिक र प्रत्यक्ष उम्मेदवारहरुले कात्तिक गते साँझ ५ बजेसम्म आवेदन दिनसक्ने छन् । पार्टी विधानको धारा ७२(१) बमोजिम प्रारम्भीक निर्वाचन गर्न लागिएको रास्वपाका प्रवक्ता डा. मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

धारा ७२(१) मा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरुमध्ये इच्छुकबीच दलको नेता छनोटका लागि निर्वाचन गर्ने उल्लेख छ । खसेको कुल मतको बहुमत ल्याउने उम्मेदवार दलको नेता हुने विधानको व्यवस्था छ ।

दलको नेता छान्न हुने मतदानमा मतदाता चाहिँ पार्टीको सम्पूर्ण साधारण सदस्य हुने भनिएको छ । उम्मेदवार मध्ये प्रत्यक्षतर्फ को विजयी हुन्छ भन्ने अनुमान गर्न गाह्रो छ भने समानुपातिकतर्फ सांसद हुन देशभर खसेको मतको न्यूनतम मत (थ्रेस होल्ड) कटाउनुपर्ने हुन्छ ।

तर दलको नेता भने छान्ने प्रक्रिया सुरु भइसकेकाले नानी नै नपाई कोक्रो बन्न सुरु भएको भन्दै प्रतिक्रियाहरु आउन थालेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने

विशेष