News

आफुसँग भेट्न खोज्नेलाई ओली दिए बालुवाटारको ठेगाना

आफुसँग भेट्न खोज्नेलाई ओली दिए बालुवाटारको ठेगाना

एमाले अध्यक्ष केपी ओलीले आफुसँग भेट्न मंसिर ४ पछि बालुवाटारमा आउन निम्तो दिएका छन्।  

चुनाव प्रचारका क्रममा नागरिकसँग टेलिफोन सम्वाद गरिरहेका ओलीले उनीसँग भेट्न आउनेका लागि बालुवाटारको ठेगाना दिएका हुन। 

सुशील गौतम नामका सर्वसाधारणले ओलीसँग भेट्ने ईच्छा ब्यक्ता गर्दै ‘तपाईलाई कहाँ भेट्न सकिन्छ ?’ भन्दै सोधेपछि उनले मंसिर ४ पछि प्रधानमन्त्री निवास वालुवाटारमा भेट्न सकिने बताएका छन्।

ओलीको सचिवालयले सर्वसाधारणसँग गरेको टेलिफोन संवादको भिडिओ सार्वजनिक गरेको छ। त्यही क्रममा ओलीसँग गौतमले सोधेका छन्, ‘तपाईंलाई कहाँ भेट्न सकिन्छ?।’ उनको प्रश्नको जवाफमा ओलीले भनेका छन्, ‘केन्द्रीय कार्यालय आए हुन्छ, बालकोट आए भेट हुन्छ।’

त्यसपछि गौतमले पुनः सोधेका छन्, ‘बालुवाटारमा आउँदा भेट्न सकिएला?’ ओलीले जवाफ दिएका छन्, ‘त्यहाँ अलि पछि (४ मंसिरपछि) आए हुन्छ।’ ओलीले मंसिर ४ को चुनावलाई लक्षित गरी सर्वसाधारणसँग संवाद गरिरहेका छन्।

अध्यक्षसँग फोन संवाद गर्न चाहने २ लाख बढी सर्वसाधारण मध्ये केहीसँग गरेका कुराकानीको भिडिओ ओलीको सचिवालयले सार्वजनिक गरेको हो।

विशेष