News विदेश

दक्षिणी सुडानमा जातिय दंगा भड्कियो, २२० जनाको मृत्यु

दक्षिणी सुडानमा जातिय दंगा भड्कियो, २२० जनाको मृत्यु

दक्षिणी सुडानमा जातिय दंगा भड्किदा २२० जनाको मृत्यु भएको छ। इथियोपियासँग सीमा जोडिएको ब्लु नाइल प्रान्तमा आदिवासी जातीय समुदायमा हिंसा भएको हो।

भूमि विवादका विषयमा हिंसा भड्किएको जनाईएको छ। वाड अल मही सहरमा मंगलवार र बुधबार भूमि विवाद चर्किएको थियो। हिंसामा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आकलन गरिएको छ।

हिंसाका बीच वाड अल मही क्षेत्रमा रातको समयमा कर्फ्यू लगाउनुका साथै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ। घटनास्थलमा उद्धार टोली पुग्न सकेको छैन। संयुक्त राष्ट्रसंघका अनुसार उक्त क्षेत्रमा पटकपटक भएका भीडन्तमा ठूलो संख्यामा घरहरू जलाइनुका साथै यस क्षेत्रबाट ७ हजारभन्दा धेरै मानिसहरू भागेर रस्यारिस सहरमा गएर बसोबास गरेका छन्। 

सुडानमा भएको जातीय हिंसाका कारण हालसम्म २ लाख ११ हजार मानिसहरू विस्थापित भइसकेका छन्। 
 

विशेष