News विदेश

भारतीय मुलका करोडपति ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्दै

भारतीय मुलका करोडपति ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्दै

बेलायतको इतिहाँसमा पहिलो पटक एसियाली मुलका ऋषि सुनक प्रधानमन्त्री बन्ने भएको छन्। उनी भारतीय मुलका बेलायती नागरिक हुन। 

सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो । प्रधानमन्त्री बनेको ४५ दिनमै लिज ट्रसले राजीनामा दिएपछि सत्तारुढ कन्जरभेटिभ पार्टीले दलको नेताको खोजी सुरु गरेको थियो। पूर्व वित्तमन्त्रीसमेत रहेका ४२ वर्षका सुनकलाई जसमा मोर्डन्टले सहयोग गर्ने बताएकी छिन्।

सुनाक २०२० देखि जुलाई २०२२ सम्म बेलायतको अर्थमन्त्री थिए। २०१५ मा रिचमन्डबाट सांसद चुनिएका सुनाक १९८० मा साउथह्याम्पटनमा जन्मिएका हुन्। भारतीय मूलका उनका बुबाआमा पूर्वी अफ्रिकाबाट बेलायत सरेका थिए। उनका बुबा जनरल फिजिसियन थिए भने आमा आफ्नै फार्मेसी चलाउँथिन्।

उनले विन्चेस्टर कलेज नामक निजी बोर्डिङ स्कुलमा पढेका थिए। त्यसपछि अक्सफोर्ड युनिभर्सिटी र स्ट्यानफोर्ड युनभर्सिटी, क्यालिफोर्नियामा पनि अध्ययन गरे। अमेरिकामै उनले पत्नी अक्षता मूर्तिलाई भेटे। जो भारतीय अर्बपति तथा आईटी टाइकुन नारायण मूर्तिकी छोरी हुन्। २००९ मा उनीहरुले बिहे गरे। हाल उनीहरुका दुई छोरी छन्।

सुनाकले आफ्नो सम्पत्ति कति छ भनेर अहिलेसम्म सार्वजनिक गरेका छैनन्। तर, राजनीतिमा आउनुअघि वित्तीय क्षेत्रमा काम गरेर उनी करोडपति बनेका थिए। यो वर्ष सुनाक र उनको परिवारको सम्पत्तिलाई लिएर चर्को विवाद भएको थियो। उनकी पत्नीले कर नतिरेको आरोप लागेको थियो।

पछिल्लो पटक प्रधानमन्त्रीले राजिनामा दिएपछि दलको नेता चयनका क्रममा सुनकको मात्रै उम्मेदवारी परेको कन्जरभेटिभ पार्टी कार्यालयमा सर ग्राहम ब्रान्डीले जानकारी दिए । विभिन्न विवादमा परेका कारण जोन्सनले राजीनामा दिएपछि पार्टी नेताका लागि ट्रस र सुनकबीच प्रतिस्पर्धा भएको थियो । जसमा ट्रसले सुनकलाई पराजित गरेकी थिइन् ।

अर्थतन्त्रलाई गति दिन भनेर ल्याएको कार्यक्रमले संकट उत्पन गराएपछि ती निर्णयहरु फिर्ता लिँदै ट्रसले राजीनाको घोषणा गरेकी थिइन्।

विशेष