News

‘बरु राजनीति छोड्छु तर एमाले छोड्दिन’ भन्ने द्वारिकलाल माओवादी छिरे

‘बरु राजनीति छोड्छु तर एमाले छोड्दिन’ भन्ने द्वारिकलाल माओवादी छिरे

बरु राजनीति छोड्छु तर एमाले छोड्नि भन्ने ईटहरी उपमहानगरपालिकाका पूर्बमेयर द्वारिकलाल चौधरी माओवादी प्रवेश गरेका छन्।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले टीका–माला लगाएर चौधरीलाई पार्टी प्रवेश गराएका छन्। उनी पार्टी प्रवेश गर्न शनिवारै माओवादी नेतासँग काठमाण्डौं पुगेका थिए। त्यो विषयमा समाचार सार्वजनिक भएपछि उनले ‘बरु राजनीति छोड्ने तर एमाले नछोड्ने’ भन्दै ट्वीट गरेका थिए।

नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्ने भन्दै समाचारहरु प्रकाशित भएका थिए। त्यसपछि उनले समाचारप्रति आक्रोश ब्यक्त गर्दै ‘म निजि कामले अन्य दलको साथीहरुसँग काठमाडौ हिड्न नहुने ?’ भन्दै प्रश्न गरेका थिए।

चौधरीले प्रकाशित समाचारहरु पनि भ्रामक र कपोकल्पित भएको दावी गर्दै त्यस्तो समाचार लेख्ने पत्रकारलाई कुकुर र पत्रकारिता पेशालाईनै ‘कुत्ताकारिता’ भएको भन्दै अपशब्द समेत प्रयोग गरेका थिए।

चौधरी मेयरमा दोहोरिन खोजे पनि उनको ५ वर्षे कार्यकाल विवादस्पद भएकाले एमालेले टिकट दिएन । त्यसपछि पनि संसदीय चुनावमा प्रदेशसभा भए पनि खाने भनेर बसेका चौधरीले त्यो संकेत नपाएपछि माओवादीबाट उम्मेदवार बन्न लागेको जनाईएको छ।

चौधरीले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मेन्सन गर्दै ‘सुनसरी २ मा मेरो बिकल्प छैन छैन छैन ।’ भन्दै ट्वीट गरेका थिए।

द्वारिकलाल चौधरी

विशेष