News

सिस्नुपानीको देउसीमा गठबन्ध प्रवृत्तिको वेईजत

सिस्नुपानीको देउसीमा गठबन्ध प्रवृत्तिको वेईजत

तिहारको अवसरमा सिस्नुपानी नेपालले आयोजना गरेको ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रममा गठबन्ध प्रवृत्ति विरुद्ध तिखोे ब्यंग्य गरिएको छ।

सिस्नुपानी नेपाल र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित देउसी भैलो कार्यक्रममा गठबन्धनका नाममा देखिएको राजनीतिक विकृति, भोटका लागि जे पनि गर्ने प्रवृत्ति, समसामयिक राजनीति, बढ्दो भ्रष्टाचार तथा सामाजिक विसङ्गति विरुद्ध व्यंग्यात्मक प्रस्तुति गरिएको थियो।
 

कलाकारहरुले खेलीको ब्यंग्यात्मक देउसी यस्तो छ

नेपाली कांग्रेस–जिन्दावाद !
भोट केमा –हथौडामा ।
माओवादी केन्द्र– जिन्दावाद
भोट केमा –रूखमा।
यो जीत कस्को– था’ छैन !
आफ्नालाई भोट हाल्न–पा’ छैन !
कलमलाई पनि – ठाउँदे
साइकललाई पनि– गाउँदे ।
नेकपा एमाले– जिन्दावाद !
भोट केमा – हलोमा !
यो जीत कस्को – छाताको !
सूर्य चिन्ह कमल– थापाको !
गठबन्धन पिरती– गाँसी दे ।
अर्कैको पोस्टर– टाँसी दे !
मन रोए पनि – हाँसी दे !
सिद्धान्तलाई – फाँसी दे !

 

विशेष