News मनोरञ्जन

सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका शंकरकै आयोजनामा जेरीको वर्थडे पार्टी 

सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका शंकरकै आयोजनामा जेरीको वर्थडे पार्टी 

काठमाडौं जिल्ला अदालतमा डिभोर्सको मुद्दा दर्ता गरेका शंकरकै आयोजनामा श्रीमती एवम् गायिका बबिता बानियाँ ‘जेरी’ को वर्थडे पार्टी मनाईएको छ।

शंकरले जुनकिरी रोधी क्लबमा श्रीमती तथा सम्बन्धविच्छेद मुद्दाकी प्रतिवादी जेरीको जन्मदिन समारोह आयोजना गरेका थिए। जेरीले जन्मदिनको पहिलो केक शंकरलाई नै खुवाएकी थिइन् । शंकरले पनि जेरीलाई केक खुवाएका थिए । तर, सम्बन्धविच्छेदको प्रसंगका कारण जन्मदिनको समारोह समग्र रूपमा भावुक बनेको थियो ।

उनीहरुको सम्वन्धका कारण उपस्थित कलाकारहरू पनि भावुक थिए भने हरेकका आँखामा आँशु देखिएको थियो। जेरी र शंकरले एकअर्काप्रति सहानुभूति र सौहाद्र्रता प्रस्तुत गर्दै सञ्चारमाध्यमसँग कुराकानी गरे ।

अहिलेसम्म सम्बन्धविच्छेद नभइसकेको बताए पनि अब टारेर नटर्ने उनीहरूले संकेत गरे । लालिगुँरास डेली युट्यूव च्यालनका सञ्चालक कमल सरगमसँग उनीहरूले आफनो सम्बन्धका बारेमा खुलेर कुराकानी गरेका थिए ।

दुवैले आपसी समझदारी र सहमतिमै सम्बन्ध टुंग्याउन लागेको बताए । यद्यपि, उनीहरुको हाउभाउ र कुराकानीले सम्बन्धविच्छेदका लागि जेरीभन्दा शंकरको बढी रुची रहेको वुझ्न सकिन्छ।

सम्बन्धविच्छेको समाचार फैलिएसँगै खासगरी सामाजिक संजालमा शंकरमाथि नकारात्मक प्रतिक्रियाहरू आइरहेका छन् । जेरीले यसलाई लिएर दुस्ख व्यक्त गरिन् । आपसी समझदारीमा नै सम्बन्धलाई पूर्णविराम दिन लागिएकाले शंकरमाथि कुनै पनि नकारात्मक टिप्पणी नगर्न उनले आग्रह गरेकी छन् ।

आफ्ना शुभचिन्तकहरूलाई थप दुःखी तुल्याउने गरी जेरीले नयाँ खुलासा पनि गरिन् । उनले डिभोर्सपछि आफू विदेशिने सोचमा रहेको बताइन् । 

विशेष