News

गेटमा वम जस्तो वस्तु भेटिएपछि चितवन मेडिकल अस्पतालमा त्रास

गेटमा वम जस्तो वस्तु भेटिएपछि चितवन मेडिकल अस्पतालमा त्रास

चितवन मेडिकल कलेजको गेटअगाडि वम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ । बोतलमा तारहरू बाहिर देखिएको शंकास्पद वस्तु भेटिएपछि अस्पताल क्षेत्रमा त्रास फैलिएको छ।

अस्पतालको मूल गेटको अगाडि नै त्यो शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विजयराज पण्डितले बताए। त्यो वस्तु के हो ? भन्ने खुलेको छैन।

प्रहरीले डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाइएको छ । शंकास्पद वस्तु भेटिएपछिसीसीटीभी फुटेज निकालेर हेर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु भेटिएपछि पूर्वपश्चिम जाने सवारी साधनलाई डाइभर्ट गरेर पठाइएको प्रहरीले जनाएको छ ।

विशेष