News

नेपालमा सूर्य ग्रहण सुरुः कस्ले हेर्ने, कस्ले नहेर्ने ?

नेपालमा सूर्य ग्रहण सुरुः कस्ले हेर्ने, कस्ले नहेर्ने ?

नेपालमा सूर्य ग्रहण सुरु भएको छ। आज अपरान्ह ४ बजेर ४७ मिनेट जाँदा खण्डग्रास सूर्य ग्रहण सुरु भएको हो।

नेपालको पश्चिमी क्षेत्र महेन्द्रनगरबाट देखिने सूर्य ग्रहण क्रमसः पूर्वी भेगमा सर्दै जाने छ। वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिका अनुसार सूर्य ग्रहण महेन्द्रनगरमा ४ः४७ मा, पोखरामा ४ः५१, काठमाडौंमा ४ः५४, भद्रपुर र जनकपुरमा ४ः५८ बजे देखिने छ। 

काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ। मंगलबार दिउँसो २ बजेर २० मिनेटमा आइसल्याण्डबाट सूर्य ग्रहण सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेको क्यालेन्डरमा आजको खण्डग्रास सूर्यग्रहण स्वाति नक्षत्र र तुला राशिका लागि अत्यन्तै कठिन हुने उल्लेख छ ।

कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ । दिउँसो ४: ५२ बजेदेखि ग्रहणले स्पर्श गर्नेछ । ग्रहणकै अवस्थामा बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ । नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ । बेलुकी करिब पौने ७ बजेसम्म ग्रहण रहने जनाइएको छ ।

समितिद्वारा प्रकाशित २०७९ सालको राष्ट्रिय पञ्चाङ्ग अनुसार कस्ले हेर्ने कस्ले नहेर्ने यस्तो छ नतिजा।
मेषः नारी पीडा
वृषः सुख
मिथुनः चिन्ता
कर्कटः पीडा
सिंहः सफलता
कन्याः हानि
तुलाः घात
वृश्चिकः खर्च
धनुः लाभ
मकरः सुख
कुम्भः माननाश
मीनः कष्ट

यसै महिनाको २२ गते मंगलबार चन्द्रग्रहण लाग्दैछ ।  कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

विशेष