News विदेश

ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री नियुक्त, देउवाले दिए वधाई

ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री नियुक्त, देउवाले दिए वधाई

भारतीय मुलका ब्यापारी ऋषि सुनक औपचारिक रूपमा बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन्। राजा चार्ल्सलाई बकिङघम दरबारमा भेटेसँगै उनी प्रधानमन्त्री नियुक्त भएका हुन। राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बनेका हुन्। 

उनी यूकेका पहिलो ब्रिटिश–एशियाली प्रधानमन्त्री हुन्। उनी यस वर्ष त्यहाँ बनेका तेस्रो प्रधानमन्त्री हुन्। दुई शताब्दीको अवधिमा ४२ वर्षीय उनी सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा डाउनिङ स्ट्रीट प्रवेश गरेका छन्। 

डाउनिङ स्ट्रीटबाट देशका नाममा सम्बोधन गर्दै उनले आफ्ना पूर्ववर्तीले गरेका ‘केही गल्तीहरू’ सुधार्ने काम ‘तत्काल सुरु हुने’ बताएका छन्। उनले भने, ‘हाल हाम्रो देशले गम्भीर आर्थिक सङ्कट सामना गरिरहेको छ।’

बोरिस जोनसनले प्रधानमन्त्रीका रूपमा हासिल गरेका ‘अभूतपूर्व उपलब्धिहरू’ प्रति सधैँ धन्य रहने उनले बताए । ब्रिटेनमा यसअघि देखिएको राजनीतिक र आर्थिक भद्रगोलपछि उनी स्थिरताको वाचासहित पद सम्हाल्न लागेका हुन्। 

बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्।

देउवाले मंगलबार ट्विटरमार्फत सुनकलाई महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन सँगै काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन्।
 

विशेष