News

बालेन्द्रलाई हिमानीले गरेको सम्मानको यसरी हुँदैछ प्रशंसा

बालेन्द्रलाई हिमानीले गरेको सम्मानको यसरी हुँदैछ प्रशंसा

पुर्वयुवराज्ञी हिमानी शाह र काठमाण्डौंका मेयर बालेन्द्र साहका बीच भएको भेटघाटको एउटा दृष्यले अहिले सामाजिक सञ्जालमा धेरैको मन तानिरहेको छ। भेटघाटका क्रममा दुवैले एक अर्काप्रति गरेको सम्मान लोभलाग्दो छ।

भिडियोमा हिमानी उभिएको ठाउँमा बालेन्द्र पुग्छन्। सधै कालो चस्मामा आफुलाई लुकाउने बालेन्द्रले यहाँ भने चस्मा लगाएका छैनन्। उनले शालिनता पुर्वक दुई हात जोडेर हिमानीलाई नमस्कार गर्छन। उनको नमस्कारपछि हिमानीले हातमा बोकेको कप टेबुलमा राखेर नमस्कार फर्काउछिन्।

हिमानीको यही शालिनताको अहिले सामाजिक सञ्जालमा प्रशंसा भईरहेको छ। ‘राजपरिवारको सदस्यले हातमा समातेको सामान राखेर नमस्ते फर्काउनु सानो कुरो हैन’ भन्दै धेरैले यो दृष्यमा प्रतिक्रिया जनाएका छन्। 

हिमानीले कप टेबुलमा राख्नु, बालेन्द्रले चस्मा नलगाउनु सम्मान कमाउने उपाय भएको भन्दै दुवैको भद्र ब्यवहारलाई प्रशंसा गरिएको छ। खास गरी सभ्य, सुसंस्कार, हार्दिकता, सम्मान र आदर गर्ने ब्यक्तित्व भन्दै हिमानीको बारेमा प्रतिक्रिया जनाउनेहरु धेरै देखिएका छन्।

हिमानी शाह बालेन्द्र साह

विशेष