News

स्वर्णिम वाग्ले प्रधानमन्त्री बन्न लायक हुन की रेटसहित विक्रिका वस्तु ?

स्वर्णिम वाग्ले प्रधानमन्त्री बन्न लायक हुन की रेटसहित विक्रिका वस्तु ?

भारतीय मुलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री वन्ने खवर सार्वजनिक भएपनि नेपालमा पनि त्यसको असर देखिएको छ। खास गरी अर्थविद स्वर्णिम वाग्ले जस्ता ब्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्ने खालका अभिब्यक्तिहरु सार्वजनिक हुन थालेका छन्।

वाग्लेलाई सांसदको टिकट नै नदिएर नेपाली कांग्रेसले अपजस खेपीरहेका बेला धेरैको सोचाई भने उनी जस्ता मान्छेलाई कार्यकारी प्रधानमन्त्री नै वनाउने पर्ने भन्ने छ। राष्ट्रिय योजना आयोगमा वसेर काम गरिसकेका र अर्थविदको रुपमा नाम कमाएका वाग्ले देशको प्रधानमन्त्री वन्न योग्य ब्यक्ति भएको चर्चा सुरु भएका छन्।

तर, कतिपयले भने वाग्लेको कमजोरी पाटो समाएर उनलाई कार्यकारी पदमा पुर्याउनु देशकै लागि संकट हुन सक्ने वताईरहेका छन् । अमेरिकाले आर्थिक सहयोग गरेकै कारण नेपाल आएर प्रत्यक्ष/अप्रत्यक्ष रुपमा वाग्लेले एमसीसीका पक्षमा वकालत गरेको भन्दै उनीहरुले वाग्लेको देश प्रेम माथि नै प्रश्न उठाएका छन्। 

‘स्वर्णिम वाग्लेले एमसिसीमा प्रत्यक्ष÷अप्रत्यक्ष केही फण्डिङ्ग पाएपछि देश र जनता जावोस भाडमा भन्दै त्यसको लबिङमा लागेको हामी सबैले देखेकै हो क्यारे...’ विकाश पाण्डे सामाजिक संजालमा लेख्छन्–‘भोली डाक्टर साव कार्यकारी प्रधानमन्त्री भए रे, र अर्को कुनै आईएसएस टाईपको अतिवादी समुहले डाक्टर सावलाई फण्डिङ गर्यो भने ? डाक्टर सावले मालिकको आज्ञा पालन गर्ने त होलान नी ?’

उनले वाग्लेको प्रशन्सा पनि गरेका छन्। वाग्ले ‘पढेलेखेका र विज्ञ हुन’ भन्दै उनले यस्तो मान्छेलाई कन्सेल्टेन्ट राखेर सल्लाह÷सुझाव लिनुपर्ने तर्क गरेका छन् । उनी भन्छन्–‘बजारमा रेटसहित बिक्रीमा बसेका मान्छेलाई प्रम बनाउने कल्पना पनि नगरौं।’

विशेष