News विदेश

जसले गाउँलेको दवावमा ५० वर्षपछि नुहाए, नुहाएको केही समयपछि नै मृत्यु

जसले गाउँलेको दवावमा ५० वर्षपछि नुहाए, नुहाएको केही समयपछि नै मृत्यु

५० वर्षसम्म ननुहाएका इरानका ९४ वर्षिय अमाउ हाजीको गाउँलेको दवावमा नुहाएको केही महिनामै मृत्यु भएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार इरानको दक्षिणी प्रान्त फार्सको देज्गाह गाउँमा गत आइतबार उनको मृत्यु भएको हो। उनले संसारकै फोहोरी मान्छेको उपनाम पाएका थिए।

हाजीले ५० वर्षसम्म आफ्नो शरीर नुहाएका थिएनन्। तर, केही महिनाअघि गाउँलेहरूले उनलाई नुहाउन दवाव र प्रोत्साहन गरेका थिए। गाउँलेकै कारण उनले नुहाए। त्यसको केही महिनामै उनको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

उनलाई ताजा खाना खाए र नुहाएपछि बिरामी परिन्छ भन्ने डर थियो। सन् २०१३ मा ‘अ स्ट्रेन्ज लाइफ अफ अमाउ हाजी’ नामक डकुमेन्ट्री समेत वनेको थियो। उनी जनावरको मलमुत्र मिसिएको हुक्का तान्थे, बाक्लो लुगा लगाउँथे र गाउँलेहरूले बनाइदिएको झुप्रोमा बस्थे।

सफा पानी समेत पिउन नमान्ने हाजी युवा अवस्थामै हुँदा कुनै घटना भएकाले यस्तो अनौठो ब्यवहार गरेको हुन सक्ने वताईन्छ।

विशेष