News

परपुरुषसँगको सम्वन्धका कारण चर्चित वलीलाई माओवादीले पार्यो विचल्ली !

परपुरुषसँगको सम्वन्धका कारण चर्चित वलीलाई माओवादीले पार्यो विचल्ली !

लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको सरकार ढाल्न प्रयोग भएकी सांसद विमला खत्री वली अहिले घरको न घाटको भएकी छिन्। तत्कालिन स्वार्थका लागि एमाले छोडेर माओवादी बनेकी वलीलाई पार्टीले अहिले नत टिकट दियो न त संगठनको कुनै महत्वपूर्ण जिम्मेवारी नै।

नेकपा एमालेबाट दाङको ३ ‘ख’ बाट निर्वाचित उत्तरकुमार वलीको ०७५ माघ २४ गते घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा परेर मृत्यु (१० फागुन ०७५ मा उपचारका क्रममा काठमाडौंमा) भएपछि भएको उपनिर्वाचनमा उनकी श्रीमती विमला निर्वाचित भएकी थिइन् ।

तत्कालीन नेकपाकालमा सूर्य चिन्ह लिएर वलीलाई एमाले नेता शंकर पोखरेलको प्रस्तावमा उम्मेदवार बनाइएको थियो। तर, पोखरेल संकटमा पर्दा उनैले साथ छोडिन्। कहिले माओवादी भएको त कहिले एमाले भएको भन्दै छिनछिनमा पार्टी फेर्ने वलीले मुख्यमन्त्रीले नै अपहरण गरेको र शौचालयको चप्पल लगाएर भागेको भन्दै पोखरेल विरुद्ध पत्रकार सम्मेलन नै गरिन।

त्यसपछि माओवादीमा टाँसिएकी उनले त्यस वापत राज्यमन्त्रीको कुर्सी पाईन। स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री  भएकै बेला ०७९ जेठ ३१ गते दाङको तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कका वाइसीएल नेता एकराज बस्नेतकी श्रीमती २७ वर्षीया मिना भण्डारी बस्नेत र छोरी एञ्जिलालाई हातपात गरेको आरोप लगेपछि उनी विवादमा तानिईन।

उनी संलग्न सरकारले गरेको छानबिनमा दोषी देखिइएपछि उनलाई राज्यमन्त्रीबाट हटाइएको थियो । त्यसअघि पनि उनी चर्चाको शिखरमै थिईन। सांसद हुँदा वाईसीएल नेता एकराज बस्नेतसँगको ‘अप्राकृति तस्बिर’ का कारण उनको खुप आलोचना भयो। बस्नेतको फेसबुक स्टोरीमा देखिएको त्यो तस्बिर केही समयमा हटाइएको थियो ।

तस्बिरमा सिउँदोभरी सिन्दुर लगाएकी सांसद विमलाले बस्नेतलाई चुम्बन गरेकी थिईन। एकल महिला सांसद वलीको सिउँदो सिन्दुरले भरिएको र वस्नेतलाई चुम्वन गरेको तस्विर सार्वजनिक भएपछि सर्वत्र टिकाटिप्पणी भएको थियो। ‘पति उत्तरकुमार जिवितै छँदा विमलाले अप्राकृतिक सम्वन्ध वनाएको होकी, पतिको मृत्यु भएपछि एकराजसँग विवाह गरेको हो ?’ भन्ने विषयमा प्रश्न उठिरहेका वेला उक्त तस्विर इडिट गरेर आफुलाई फसाउन खोजेको भन्दै स्पष्टिकरण दिईन।

त्यसको लगत्तै वस्नेतका घरमा पुगेर वलीले उनकै श्रीमती र छोरी समेतलाई कुटपिट गरेपछि घट्नाले गम्भिर मोड लियो। वलीले भने बस्नेतले आफुसँग ऋण लिएको र त्यो पैसा फिर्ता नगरेपछि भेट्न जाँदा सुनियोजित रुपमा फसाईएको भन्दै उल्टै आरोप लगाईन। उनले वाइसीएल नेता बस्नेतले दिनु पर्ने पैसा अहिले चुक्ता गरिसकेको वताएकी छिन् ।

यती हण्डर खेपेर सरकार ढाल्ने र वनाउने खेलमा सामेल भएकी वली अहिले गुमनाम छिन् । त्यतीबेला उनले जसलाई साथ दिइन, अहिले उसैले विचल्ली पारेको छ। ‘त्यस्तो संकटमा साथ दिएको माओवादीले आफूलाई न त चुनावको टिकट दियो न त पार्टीमा जिम्मेवारी दियो’ भन्दै उनले गुनासो गर्न थालेकी छिन् ।

उनले माओवादी पार्टी दलित, महिला तथा पिछडिएको वर्गको पक्षमा काम गर्ने भन्ने ठानेर आफू लागे पनि त्यो नभएको बताउने गरेकी छिन् । आफूलाई समानुपातिकतर्फ समेट्ने आश्वासन दिइए पनि त्यसो नभएको उनको गुनासो छ। ‘सोझो मान्छेलाई प्रयोग मात्रै गरेकाले अव पार्टीमा सक्रिय नहुने’ उनले नेताहरुलाई बताउन थालेकी छिन् ।

दाङको तुलसीपुर घर भएकी वली अहिले घोराहीमा भाडामा बसेर छोरालाई पढाउँदै छिन् ।

यो पनि,

विमला खत्री वली

विशेष