विरोध खतिवडाको चिन्ताः मध्यवर्ती क्षेत्रमा तारबार लगाएपछि बँदेल खान पाईएन
![विरोध खतिवडाको चिन्ताः मध्यवर्ती क्षेत्रमा तारबार लगाएपछि बँदेल खान पाईएन](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/10/birodh-khatiwada.jpg)
पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा तारवार गरेर बँदेल निस्कन छोडेपछि नेकपा एकिकृत समाजवादीका नेता तथा मकवानपुर–२ का गठबन्धन उम्मेदवार विरोध खतिवडालाई पीर परेको छ। तारवार लगाएपछि बँदेल खान नपाएपछि उनलाई पीर परेको हो।
मकवानपुरको मनहरी गाउँपालिका पर्ने मध्यवर्ती क्षेत्र आसपासमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै नेता खतिवडाले तारवार लगाएपछि बँदेल खान नपाएको बताएका छन् । उनको यो अभिब्यक्ति विवादमा परेको छ।
आरक्ष वरपर बस्नेहरूको फाइदा–बेफाइदाबारे व्याख्या गर्दै उनले पहिले त्यो ठाउँका बासिन्दाले बँदेलको मासु खुवाउने गरेको तर आजकाल तारबार लगाएर उक्त अवसरबाट वञ्चित भएको बताए ।
‘अहिले इन्द्र बानियाँजीले भन्नुभो उताबाट तारबार बाँध्ने, यताबाट बाँध्ने, इलेक्ट्रिक लाउने, अनि ड्याम उठछ, ढ्याकढुक्क गर्ने अनि आउँदैन भन्नेकुरा ठीक हो’ उनले भनेका छन्–‘तर, घाटा पनि छ, यसो बँदेल घुम्न आउँथ्यो, स्वाट्ट पार्न पाइन्थ्यो, त्यो त नपाइने भो । कहिलेकाँही यहाँका साथीहरूले दाइ बँदेल छ भनेर यसो १–२ किलो पठाइदिन्थे, त्यो खान नपाइने भो ।’
एक साता अघि उनले ‘विरोध खतिवडा भन्ने बेईमान मै हुँ ’ भन्दै परिचय दिएपछि चर्चामा आएका थिए। मतदाताहरुको समूहमा पुगेर उम्मेदवार खतिवडाले आफुलाई चिन्नु भो भनेर प्रश्न गरेका थिए। मतदाताहरुले चिन्न नसकेको भनेपछि ‘विरोध खतिवडा भन्ने बेमान मान्छे मै हो ।’ भन्दै उनले परिचय दिएका थिए।
त्यसपछि एक वृद्धाले नामै विरोध रैछ अनि कसरी...? भन्दै हाँसेपछि खतिवडाले विरोध मात्रै होर पछाडि खतिवडा खतरा हो भन्दै हाँस्न सुरु गरेको भिडियो सार्वजनिक भएको थियाो।