News

कसरी सुरु भयो देउसी खेल्ने चलन, को थिए बलि राजा ?

कसरी सुरु भयो देउसी खेल्ने चलन, को थिए बलि राजा ?

नेपाली समाजमा कार्तिक कृष्ण औँसीको साँझमा लक्ष्मीपूजा गरेपछि भैलो खेल्ने र गोवर्धनपूजाका दिन देउसी खेल्ने प्रचलन छ। कतिपय ठाउँमा त तिहार सुरु भएदेखी नै सुरु भएको देउसी एकादशी लगातार खेल्ने गरेको पनि पाईन्छ।

देउसी खेल्ने परम्परा भने दानवराज बलिको कथासँग जोडिएको छ। असुर राज वलि प्रल्हादका नाती, लक्ष्मी नारायणका भक्त र धर्मका एक आदर्श पालन कर्ता हुन। त्रेता युगामा उनले व्रम्हाको तपस्या गरी इन्द्रकै जती शक्ती र आयु वरदानमा पाएका थिए। तर, सर्वशक्तिमान हुदा हुँदै पनि उनले अरु असुरले जस्तो स्वर्गको लोभ गरी आफना प्रजालाई युद्धमा होमेनन्।

वरु सुशासनले भुलोकलाई नै स्वर्ग वनाउन सकिन्छ भन्ने विश्वासका साथ उनले यसरी राज गरेकी, उनको राज्य सामु स्वर्ग पनि फिक्का लाग्न थाल्यो। र उनको राज्य यति समृद्ध भयो की, अरु राज्यले पनि उनकै शासनको कामना गर्न थाले। गरिवी हटाउन उनले दानको संकल्पनै गरेका थिए। दानकै माध्यमबाट उनी समस्त संसारकै मन जित्न सफल भए।

तर उनको आफनै मन भने अहंकारमा फस्न थाल्यो। उनलाई आफु जस्तो दानविर कोही छैन भन्ने घमण्ड चढ्न थाल्यो। देउतालाई पनि उनले तुच्छ देख्न थाले। देवता पुज्नुलाई उनले आफ्नो अपमान मान्न लागे। स्वर्गको शासक हुन पनि आफु वाहेक कोही लायक नै छैन भन्ने ठान्न थाले। र अन्त्यमा महिशासुर र हिरन्यकस्यपु जस्ता असुरले झै राजा वलिले पनि आक्रमण गरेर स्वर्गमा कब्जा गरि छाडे।

स्वर्ग जितेपछि त्रिलोकमा आफनो आधिपत्य सुनिश्चित गर्न अस्वमेध यज्ञ गरिरहेका थिए। यज्ञ सकिनै लाग्दा एक सुन्दर वामन भिक्षु उनको आँगनमा आईपुगे र भिक्षाको याचना गर्न थाले। गुरु शुक्राचार्यले यज्ञ नसकि कतै नजानु भनेपनि राजा वलीले आफु जस्तो दानविरले कुनै पनि भिक्षुलाई कुराएर राख्नु असोभनिय हुने भन्दै वामन भिक्षु अगाडि पुगेर जेसुक दान माग्न आग्रह गरे।

तर, बामन भिक्षुले राजा बलिसँग मात्र तीन पाईला जमिन दानमा मागे। यो सुनेर राजा वलिको हाँसो छुट्यो। आफु विश्व विजेता भएको सम्झाउँदै उनले वामन भिक्षुलाई कुनै वहुमुल्य दान माग्न आग्रह गरे। वामन भिक्षुले भने आफुलाई तीन पाउ जमिननै पर्याप्त हुने वताए । र दान दिने भए संकल्प गर्न भने। राजा वलीले दान दिन्छु भनेर संकल्प गर्नासाथ वामन भिक्षुको शरिर वढेर एकाएक विराट रुपको भयो। र उनले दुई पाइलामा नै पुरै व्रम्हाण्ड नापिदिए। तेस्रो पाईला नाप्ने अव कुनै ठाउँ नै रहेन।

राजा वलिको बल्ल आँखा खुल्यो, वामन भिक्षु अरु कोही नभएर स्वयम् भगवान विष्णु थिए। जो आफनो भक्त वलिको घमण्ड तोड्न र उनलाई पुनः सत्मार्गमा ल्याउन अवतरित भएका थिए। तेस्रो पाईला राख्ने ठाउँ कतै नदेखेपछि राजा वलि नतमस्तक भएर आफनो शिर थाप्दै शिरमै पाईला राख्न आग्रह गर्न थाले। उनको समर्पण देखेर भगवान विष्णु प्रशन्न भए।

भगवान विष्णुले आफनो पाउ उचाली उनको शिरमा राखे र उनलाई पातालको सुतल राज्यको नरेश वनाएर राखे। त्यसैवेला भवगान विष्णुले वलीको धर्ती प्रेम वुझी वर्षको ३ दिन धर्तीमा आई शासन गर्ने अनुमती दिएका थिए। यी तीन दिन धर्तीमा राजा वलिको अधिपत्य रहने वताईएको छ। त्यसै वेलादेखी तिहारको ३ दिन वलि राजा धर्तीमा आउँदा सवै ठाउँ आफै पुग्न नसक्ने भएकाले विभिन्न टोलीहरु घर घरमा जाने र वलिको आगमनको खवर सुनाउँदै उत्सव मनाउने प्रचलनको सुरुवात भएको हो। 

त्यसबेला नारायणले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई देउसीको गाथा चलेको हो भनिन्छ। यसै कारण पनि देउसीभैलोमा बलि राजाले पठाएको प्रसंग जोड्दै उनको गाथा गाइन्छ। कतिपय ‘देउसी रे’लाई संस्कृत भाषाको देवम् शिरम् भएको तर्क पनि गर्छन्। अर्थात् देवताको शिर भन्ने अर्थमा देउसी गाइएको हो। गोवर्धन पूजाको दिनदेखि देउसेहरू घरघर डुल्ने गर्छन्। देउसी खेल्दा परम्परागत भेषभूषा दौरा सुरुवाल लगाएर ए भन भन भाइ हो– देउसी रे भन्दै स्वमा स्वर मिलाएर गाउँने चलन छ। तर, अचेल देउसीभैलोमा मानिसहरूको रुचि घट्दै गएको छ। मनोरञ्जनका अन्य सामग्रीको व्यापकता, बढ्दो असुरक्षाका कारण देउसीभेलो खेल्ने चलन घट्दै गएको हो। देउसीभैली खेल्नेहरूले पनि संस्कृति जोगाउने र स्थस्थ मनोरञ्जन गर्ने भन्दा पनि अराजकता निम्त्याउने गरेका कारण मानिसहरूमा यसप्रति अरुचि बढेको संस्कृतिविदहरूको बुझाइ छ। 

तिहार देउसी बलि राजा

विशेष