प्रज्ञा भवनको देउसीः ओलीको प्रायोजनमा नेतालाई छानि–छानी सिस्नुपानी !
हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारको अवसरमा विगतमा जस्तै शनिवार प्रज्ञा भवनमा देउसी भैलो कार्यक्रम ‘प्रज्ञा सिस्नुपानी देउसी’ आयोजना गरियो।
एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विभागीय मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, काठमाडौ तथा ललितपुर महानगरका प्रमुख, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी रहेको कार्यक्रममा समसामयिक राजनिती, बढ्दो भ्रष्टाचार तथा सामाजिक विसांगती विरुद्द व्यंग्यात्मक प्रस्तुती गरिएको थियो ।
कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, चक्र दुवाडीलगायतले व्यंग्यात्मक प्रस्तुती दिए भने व्यंग्यकवि अर्जुन पराजुलीले विभिन्न आधा दर्जन कविता वाचन गरे। सिस्नु पानी नेपालले आयोजना गर्ने देउसी भैलो समग्रमा देशको विकृति विसङ्गतिका विरुद्ध सामाजिक आन्दोलन अभियानका रुपमा प्रस्तुत गरिँदै आएको छ।
तर, यस पटकको कार्यक्रम भने विवादमा परेको छ। आयोजकले देउसी भैलो र ब्यंग्यका नाममा राजनीतिक दल र तिनका नेताहरुको हुर्मत लिने काम गरेको र ब्यवस्था माथि नै आक्रमण गरेको भन्दै आलोचना भईरहेको छ। कतिपयले कालाकारहरुलाई नै एमालेका अध्यक्ष केपी शर्मा ओलीको खेताला भएर गठबन्धनका नेताहरुको हुर्मत लिएको आक्षेप लगाएका छन्।
चर्चित ब्यक्तित्व मुकुन्द घिमिरेले त ‘तिहारमा गाईजात्रा देखाएर गणतन्त्रलाई सिस्नोपानी लाउन खोज्ने राजावादी जोकरहरु छि!’ भन्दै आलोचना गरेका छन्।
यस पटकको देउसी भैलो प्रधानमन्त्री शेरवहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता तारो वनेका छन्। एमाले अध्यक्ष ओलीको आलोचना गरेजस्तो देखाएर अरुको धुवाँदार ब्यंग्य गर्नुले देउसी भैलो प्रायोजित हो की ? भनेर शंका गर्ने ठाउँ वनेको छ।
ओलीले आफना पुर्व आईटी विशेषज्ञ तथा विद्युतीय भुक्तानी सेवाप्रदायक ‘इसेवा’ का मालिक अस्गर अलिलाई प्रयोग गरेर कलाकार परिचालित गरेको धेरैको आरोप छ। सम्पुर्ण कार्यक्रम गठबन्धन, प्रधानमन्त्री देउवा, प्रचण्ड, माओवादी र अध्यक्ष दाहालमा केन्द्रित हुनुले दर्शक तथा स्रोताले कलाकारहरु प्रतिगामीका मतियार बनेको आक्षेप लगाएका छन्।
अधिकांश कलाकार झापाकै हुनु र ब्यंग्यात्मक कार्यक्रम पनि गठवन्ध केन्द्रित हुनुले ओलीकै लगानी र डिजाईनमा गाईजात्रे देउसी भैलो आयोजना गरिएको टिप्पणी भईरहेको छ। स्रोतका अनुसार प्रधानमन्त्री हुँदा अध्यक्ष ओलीले आफनो क्षेत्रका र आफु नजिकका कालाकारहरुलाई विभिन्न माद्यमले सहयोग गर्ने गरेका थिए ।
यस पटकको देउसी भैलो मार्फत कलाकारहरुले त्यही ऋण चुक्ता गरेको कतिपय कलाकारहरु नै वताउँछन् ।
केपी शर्मा ओली देउसी भैलो सिस्नुपानी प्रज्ञा भवन अस्गर अलि