News

शौचालयको भेन्टिलेसन फुटाएर नायिका प्रियंका कार्कीको घरमा चोरी

शौचालयको भेन्टिलेसन फुटाएर नायिका प्रियंका कार्कीको घरमा चोरी

अभिनेत्री प्रियंका कार्कीको घरबाट ५ तोला सुन र नगद चोरी भएको छ। लक्ष्मी पुजाका लागि निकालिएको गहना र नगद चोरी भएको हो।

प्रियंका–आयुष्मानको भैसेपाटीस्थित घरमा लक्ष्मीपूजाको दिन राति चोरी भएको प्रहरीले जनाएको छ। चोरले नगद ३० हजार र ५ तोलाजति सुनका गहना लगेको ललितपुर प्रहरीका एसपी सुधीरराज शाहीले बताए।

परिवारै डिनरका लागि बाहिर गएको मौका पारेर चोरले नगद र गहना चोरी गरेको जनाईएको छ। शौचालयको भेन्टिलेसनको सिसा फुटेको पाईएकाले चोर सोही बाटो भएर घरभित्र पसेको हुन सक्ने आशंका छ।

प्रहरीले चोरीमा संलग्नको पहिचान भइसकेको भन्दै पक्राउ गर्ने तयारी भइरहेको जानकारी दिएको छ । 
 

विशेष