News

प्रधानमन्त्रीका प्रेस सल्लाहकारकै नाम आयोगले समानुपाति सुचिबाट हटाएपछि...

प्रधानमन्त्रीका प्रेस सल्लाहकारकै नाम आयोगले समानुपाति सुचिबाट हटाएपछि...

नेपाली कांग्रेसको समानुपातिक बन्द सूचिबाट प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारको नाम निर्वाचन आयोगले हटाई दिएको छ। लाभको पदमा रहेको भन्दै उजुरी परेपछि उनको नाम सूचिबाट हटाईएको आयोगले जनाएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसले परियारको नाम समावेश गरेको थियो। तर, उनी लाभको पदमा रहेको भन्दै आयोगले बन्द सूचीबाट नाम हटाएको छ। 

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक उम्मेदवार हुन अयोग्य ५५० जनाको नाम हटाउँदा प्रधानमन्त्रीका प्रेस प्रमुख परियारको नाम पनि हटाएको जनाईएको छ।
 

विशेष