News राजनीति

चुनाव नजिकिएसँगै झुट आश्वासन दिएर जनतालाई भ्रमित पार्दै उपेन्द्र

चुनाव नजिकिएसँगै झुट आश्वासन दिएर जनतालाई भ्रमित पार्दै उपेन्द्र

 

काठमाडौं- जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि मधेसी जनतालाई भ्रमित पार्दै आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काम गरिरहेका छन्। उनले विगतका निर्वाचनमा कहिले संविधान त कहिले नेकपा एमालेको विरोध गर्दै चुनाव जित्दै आएका थिए। 

तर, यसपटक भने उनी आफ्नै कारण चुनाव हार्ने अवस्थामा पुगेका छन्। जसपा अध्यक्ष यादवले आफू सांसद् हुँदा संसद् विकास कोषको रकमले आफ्ना कार्यकर्ता पाल्नेबाहेक काम गरेनन्। तर, उनले प्रचार भने विकास गरेको भन्दै जनतालाई भ्रमित पार्ने काम गरे। 

उनले २०७४ को निर्वाचनमा इन्जिनियरिङ कलेज स्थापना गर्ने भने पनि त्यसका लागि उनले सामान्य पहलसमेत गरेनन्। यद्पि आफूले संसद् विकास कोषबाट इन्जिनियरिङ कलेज स्थापनाका लागि रकम उपलब्ध गराएको भन्दै भ्रम फैलाउँदै हिँडिरहेका छन्। 

उनले मधेसी जनतालाई कति भ्रमित पार्ने काम गरेका छन् भन्‍ने कुरा पनि यहीबाट पुष्टि हुन्छ। उनले सप्तरीको राजबिराजमा  इन्जिनियरिङ कलेज एक झुटो आश्‍वासन दिएर जनतालाई झुक्याउने काम गरेका छन्। 

उपेन्द्र यादवले इन्जिनियरिङ कलेजको लागि होइन शैक्षिक भवन निर्माण गर्न आफ्नो संसदीय कोषबाट खर्च गरेको थिए। शैक्षिक भवन भन्‍नाले जुन पढाइ पनि पढाउन पाउनेछ। यदि त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ कलेजको लागि जग्गा दिएको भए चिठीमा इन्जिनियरिङ कलेज भवन लेखेर दिन्थ्यो। 

पत्रमा भने सप्तरीबासीलाई ठगेर चुनाव जित्‍ने असम्भव प्रयास गरे पनि यसपटक उनी सफल नहुने देखिन्छ। नागरिकहरुले नै उनीविरुद्ध विभिन्‍न समूह बनाएर अभियानहरु सञ्‍चालन गरिरहेका छन्। उनले एमालेसँग गठबन्धन गरेपछि थप धक्का लागेको छ।

विशेष