News

महाकाली पारी विस्फोट, उछिट्टिएको ढुङ्गाले लागेर महाकाली वारी बालकको मृत्यु

महाकाली पारी विस्फोट, उछिट्टिएको ढुङ्गाले लागेर महाकाली वारी बालकको मृत्यु

महाकाली पारी पिथौरागढ जिल्लामा सडक निर्माणका क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले लागेर दार्चुलामा १२ वर्षिय एक वालकको मृत्यु भएको छ।

सिमा पारीबाट उछिट्टिएको ढुङ्गाले लागेर शुक्रबार बिहान खर्कबाट बाबुआमासँग घर फर्कदै गरेका व्याँस गाउँपालिका–२ तम्पाकुका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको हो। 

बिहान करिव साढे १० बजे बाटोमा हिँडिरहेका बेला ढुंगा उछिट्टिएर महाकाली वारी आएर महरालाई लागेको प्रहरीले जनाएको छ। उछिट्टिएर आएका ढुंगाले लागेर केही स्थानीय पनि घाइते भएको जनाइएको छ।

ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले भने घटनाको विस्तृत विवरण जानकारी नभएको वताए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी तर्क पाण्डेले बालकको मृत्यु वाहेक एक जनाको खुट्टामा सामान्य चोट लागेको बताए। 

घटनाबारे दुम्लिङस्थित प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल गएको जनाईएको छ। 
 

विशेष