News

भुसाल र रावललाई टिकट नदिने यस्ता छन् ओलीका गम्भिर आरोप

भुसाल र रावललाई टिकट नदिने यस्ता छन् ओलीका गम्भिर आरोप

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै गएको छ। तर, टिकट वितरणको विषयलाई लिएर अहिलेसम्म पनि सत्ता गठवन्धन र प्रतिपक्ष दलमा भनाभन र आरोप प्रत्यारोप रोकिएको छैन।

विशेषगरी नेपाली कांग्रेसले अर्थविद स्वर्णिम वाग्ले र मिनेन्द्र रिजाल तथा नेकपा एमालेले घनश्याम भुसाल र भीम रावललाई टिकट नदिएको विषयमा नेताहरुले हरेक ठाउँमा प्रश्नको सामना गरिरहेका छन् ।

यि ४ नेताहरुले पार्टीबाट टिकट नपाए पनि तीन जना चै पार्टीमै छन् र संघर्ष गरिरहेका छन। तर, एमाले नेता भुसालले भने तत्कालै पार्टी छोडेको घोषणा गरेर रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले उम्मेदवारी घोषणा गर्ना साथ सत्ता गठवन्धनले उनलाई सघाउने निर्णय गरिसकेको छ।

यद्यपी भुसाल र रावलको विषयमा एमाले नेता वलीले अहिले पनि विभिन्न प्रश्नको सामना गरिरहनु परेको छ। जसमा वलीले दुवै नेतालाई पार्टी विरुद्ध गद्धारी गरेको आरोप लगाउने गरेका छन् । भुसाल र रावलले विपक्षिहरुसँग साँठगाँठ गरेर पार्टी विरोधी काम गरेकाले टिकट नदिएको वलीले बताउने गरेका छन् ।

‘वहाँ, पाए यहाँभित्र वसेर सधैं कैची चलाउने, यहाँ वसेर पार्टीको नीति, विधि, पद्धति, पार्टीको कार्यक्रम/पार्टीका निर्णयको धज्जी उडाउने, माखा उडाउने । अनि बेलुन फुके झै विरोधीले फुकेर हप्प फुलाई दिने’ भुसालप्रति लक्षित गर्दै ओली भन्छन्–‘अनि विद्वान/वुद्धिजिवी पल्टिएर पार्टीका जरा काट्ने, पार्टीको विरुवामा तातो पानी खन्याइदिने, अनि कांग्रेस (विरोधी) सँग सधैं साँठगाँठ गर्ने। अहिले त देख्नु भो नी तपाईहरले आफै देख्नु भएन?’

सरकार ढलाउन योजना वनाउने, कांग्रेस पार्टी कार्यालयमा गएर निवेदन हाल्ने लगायतका पार्टी गतिविधि गरेकै कारण भुसाल र रावललाई टिकट नदिईएको ओलीको दावी छ। ‘जो मान्छे वामपन्थि सरकार ढाल्छ, यो सवै कुराको योजना वनाउँछ, लिखत गर्छ। एमालेमा छ, वुढानिलकण्ठ धाउँछ। एमालेको सरकार ढाल्न वुढानिलकण्ठमा गएर निवेदन हाल्छ। चपली–चपली..., चपलीतिर गएर निवेदन हाल्छ। वुढानिलकण्ठ भन्दा अलि पुर्वपटि’ उनले थपे–‘अनि अदालतमा गएर सरकार ढालिपाउँ भन्छ। त्यसपछि सप्रिएलाकी भनेको सधैंको उही खेती छ।’

सधैं पार्टीको विरुद्ध चटक गर्न थालेपछि उनीहरुले उम्मेदवारी नपाएको ओलीले बताए । ‘पार्टीसँग कुनै सरोकार÷मतलव कहिले पनि छैन। झण्डै ५५÷५६ लाख जनता गरिवीको रेखामुनी छन। तिनको चिन्ता गर्नु परेन’ ओलीले भने–‘अनि दुईटा चटके–सटके विभिन्नतिर मिलेर अन्तरध्वंस मच्चाउने त्यस्तो खालका कृयाकलाप गर्ने मान्छेहरु । जो पार्टीको नेता हुँ भन्ने, पार्टीको सुविधा खाने, पार्टीको सांसद खाने, पार्टीको उपप्रधानमन्त्री खाने, पार्टीको मन्त्री खाने। कृषि मन्त्री खाने मल नल्याएर किसानको हाहाकार वनाएर किसानको उत्पादन र उत्पादकत्व घटाई दिने। त्यस्तो मान्छेको वारेमा आँसु चुहाउने ?’
 

विशेष