News

आयोगलाई नै चुनौती दिएपछि गगन थापालाई दोस्रो पटक स्पष्टिकरण

आयोगलाई नै चुनौती दिएपछि गगन थापालाई दोस्रो पटक स्पष्टिकरण

स्पष्टिकरण सोधेको विषयमा सामाजिक सञ्जालमै ‘यस्ता गल्ति पटक–पटक’ गर्छु भन्दै चुनौति दिएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टिकरण सोधेको छ।

काठमाडौं–४ का उम्मेदवार समेत रहेका थापाले आयोगले पहिलो पटक सोधेको स्पष्टिकरणका विषयमा सार्वजनिक कार्यक्रममै चुनौती दिएका थिए। गत हप्ता ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा थापालाई आयोगले स्पष्टीकरण सोधेको थियो ।

थापाले सो विषयलाई लिएर एक सार्वजनिक कार्यक्रममार्फत ‘यस्तो गल्ती बारम्बार गर्छुु’ भनी अभिव्यक्ति दिएपछि पुनः स्पष्टिकरण सोधिएको आयोगका एक पदाधिकारीले जानकारी दिए ।
 

विशेष