आगामी निर्वाचनमा एमाले पराजय हुने यस्ता छन् १२ कारण
काठमाडौं- आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमाले पराजित हुने निश्चित भएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा ठूलो हार व्यहोरेको नेकपा एमालेले आगामी निर्वाचनमा पनि हार व्यहोर्ने निश्चित जस्तै छ।
२०७४ को निर्वाचनमा वाम गठबन्धन गरेर देशलाई समृद्ध बनाउँछु भनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि जनता कोरोना महामारीको संकटमा फसेको समयमा पनि आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न भ्रष्टाचार गर्ने र गर्नेहरुलाई संरक्षण गर्ने, देशको व्यवस्थालाई खतरामा पार्ने काम गरेका छन्।
अहिले एकातिर एमालेसँग जनतालाई दिने कुनै नयाँ एजेण्डा एमालेसँग छैन भने अर्कोतर्फ संगठन पनि कमजोर बनेको छ। यस्तो अवस्थामा देशभरका नेकपा एमालेका नेताहरु पराजित हुने निश्चित छ।
एमाले पराजयका यी हुन् १२ कारण :
१. नेकपा एमालेबाट झलनाथ-माधव नेपाललगायत शीर्ष नेता अलग भई पार्टीको शक्ति विभाजित हुनु ।
२. नेकपा एमालेविरूद्ध राष्ट्रव्यापी रूपमा पाँचदलीय गठबन्धन बन्नु ।
३. गठबन्धन एक ढिक्का भई एमालेका विरुद्धमा प्रचारबाजी गर्दै आ-आफ्नो जनाधार निर्माण गर्ने रणनीतिमा लाग्नु ।
४. ठूला मिडिया हाउस र सञ्चारमाध्यमहरू नेकपा एमाले र अध्यक्ष केपी ओलीको विरुद्धमा खनिनु ।
५. रेल, पानीजहाज, घरघरमा ग्याँसलगायत तमाम सपना बाँडिएकोमा पूरा नभएपछि आम जनताले थप विश्वास नगर्नु ।
६. विगतमा एमालेलाई प्राप्त जनमतको सदुपयोग नहुँदा जनतामा एमालेप्रति आक्रोश र अविश्वास बढ्दै जानु ।
७. पार्टीका धेरैजसो नेता कार्यकर्ताहरूमा क्रान्तिकारिता र जनपक्षीय सोच हराउँदै जानु अनि विलासीपन र ऐयासी प्रवृत्ति बढ्नु ।
८ केन्द्रीय नेता र पार्टीले जे भन्छन् ती सबै जनताले अनुमोदन गर्छन्, स्वीकार गरिहाल्छन् भन्ने भ्रमपूर्ण अहम् नेतृत्वले राख्नु ।
९. कतिपय स्थानमा समाजमा बदनाम भएका र अलोकपि्रय व्यक्तिलाई एमालेले उम्मेदवारका रूपमा उठाउनु ।
१०. उम्मेदवार चयनमा पार्टीमा योगदान, लगनशीलता र क्षमतावान् व्यक्तिभन्दा पैसावाला र दलालहरूलाई प्राथमिकता दिएकाले जनसमर्थन गुमाउनु ।
११. पार्टीभित्र मौलाएको गुटगत प्रवृत्तिलाई समयमै चिन्न र सम्बोधन गर्न नसक्नु ।
१२. विकास निर्माणका ठूला सपना बाँड्ने र गफ लगाउने तर काम भने नभएकाले जनताले पूर्ण विश्वास नगर्नु ।