News

सर्पको नाममा करोडौं कुम्ल्याएका झलनाथलाई सरकारले फेरी दियो २० लाख

सर्पको नाममा करोडौं कुम्ल्याएका झलनाथलाई सरकारले फेरी दियो २० लाख

सरकारी ढुकुटीबाट नेता र आसेपासेलाई रकम बाँड्ने परम्परालाई निरन्तरता दिँदै बर्तमान सरकारले पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ । सत्ता, शक्ति र दल निकटका आसेपासेलाई पनि ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइएको छ।

सरकारले खनाललाई दिने रकम छिट्टै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन समेत दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। केही महिनाअघि पूर्वराष्ट्रपति रामवरण यादवलाई मन्त्रिपरिषद्बाटै निर्णय गरेर १० लाख रुपैयाँ दिइएको थियो । यादवले अहिले पनि सरकारी आवास, उपसचिवसरहका कर्मचारी, मासिक ५० हजार रकम, २ वटा गाडी, सहयोगी, चालकलगायत सुविधा लिइरहेका छन ।

पूर्वप्रधानमन्त्री खनाललाई दिन लागिएको रकम पूर्वविशिष्ट व्यक्तिको हैसियतमा दिइँदै आएको सुविधाबाहेक हो । खनालसहित पूर्वप्रधानमन्त्रीहरूले सरकारबाट गाडी, इन्धन, चालक, सुरक्षाकर्मी, अगुवा÷पछुवा गाडीलगायत सुविधा लिँदै आएका छन ।

यसअघि खनालले उपचार गराउने नाममा सरकारबाट ८० लाख रुपैयाँ लिएका थिए । उनकै नाममा खोलिएको प्रतिष्ठानमार्फत सर्लाहीमा सर्प पाल्न सरकारले खनालको नाममा रहेको प्रतिष्ठानलाई मोटो रकम दिएकोमा विरोध भएको थियो ।

स्रोतले जानकारी दियो ।

सरकारी ढुकुटीबाट नेता र आसेपासेलाई रकम बाँड्ने क्रम रोक्न २०७९ जेठ ३१ मा मन्त्रिपरिषद्ले नयाँ मापदण्ड जारी गरेपनि त्यसको ३ महिना बित्न नपाउँदै यसरी रकम बाँडफाँट गरिएको हा।

विशेष