News

रविन्द्र मिश्रको टिप्पणीः वडाध्यक्ष हुनुपर्ने प्रकाशमान १५ वर्ष सांसद भए !

रविन्द्र मिश्रको टिप्पणीः वडाध्यक्ष हुनुपर्ने प्रकाशमान १५ वर्ष सांसद भए !

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रविन्द्र मिश्रले वडाध्यक्ष हुनुपर्ने मान्छे १५ वर्ष सांसद र पटक पटक मन्त्री भएको भन्दै प्रकाशमान सिंह श्रेष्ठको आलोचना गरेका छन्।

एउटा टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा ‘वडाध्यक्ष र नगर प्रमुखले गर्ने काम आफुले गर्छु भन्दै उनले पटक पटक जनता झुक्याएर सांसद भएको’ मिश्रले आरोप लगाएका छन् । श्रेष्ठले सार्वजनिक गरेको चुनावी घोषणा पत्रका वुँदा वँदा पढेर मिश्रले उनको आलोचना गरे।

‘१५ वर्ष लगातार जनताले मलाई जिताए, त्यसैले मैले जती काम कसैले गरेको छैन’ भन्नु हुन्छ वहाँ भन्दै प्रस्तोताले राखेको जिज्ञाासामा नेताले मिश्रले देश र जनताका लागि श्रेष्ठले केही नगरेको बताए ।

‘वहाँले घोषणा पत्रमा के लेख्नु भाछ थाछ ? उच्च शिक्षाका लागि क्षेत्रभित्र पर्ने सार्वजनिक÷निजी महाविद्यालयहरुमा छात्रवृत्तिको ब्यवस्था गर्ने । यो अधिकार वहाँ (सांसद)लाई कस्ले दियो ? सांसदको काम कर्तब्य अधिकारमा यो काम वहाँको अधिकार क्षेत्रभित्र पर्छ ?’ मिश्रले भने–‘वहाँको अर्को वुँदामा के लेख्या छ ? एक्कासौं शताब्दी युग सुहाउँदो सुरक्षित मार्ग, सिसीटिभी क्यामरा जडित टोल सडक निर्माण गर्ने। सडक निर्माण गर्ने काम सांसदको हो ?’

‘तर सांसदले पैसा ल्याउन सक्छनी त ?’ भन्दै प्रस्तोताले राखेको जिज्ञासमा मिश्रले भने–‘त्यो त तपाईको सांसद विकास कोषको घुमाउरो तहबाट सांसदलाई ठेकेदार वनाएर भ्रष्टाचार..., त्यो पनि सवै जोड्दा अरवौंको भ्रष्टाचार गर्न दिएको पैसा लिएर आएर अलिअलि चिसो माथि पिच गर्दिनका लागि पैसा ल्याउने गर्या छ। ’

श्रेष्ठले काठमाण्डौका खोलानाला सफा राख्छु भन्दै घोषणा पत्रमा लेखेको कुरामा पनि मिश्रले आपत्ति जनाए । उनले भने–‘अर्को सुन्नोस, बाग्मती, रुद्रमती र इच्छुमती स्वच्छ र सफा राख्ने। पहिलो कुरा त यो स्वच्छ र सफा राख्ने काम सांसदको होईन, दोस्रो कुरा १५ वर्ष, २० वर्ष, २५ वर्ष अगाडि यि खोला सफा थिएकी अहिले वहाँ सांसद भएपछि सफा छन् ।’

श्रेष्ठले बनाएको घोषणा पत्रमा वडाध्यक्ष गर्ने काम समेटिएको उनको जिकिर छ। ‘वहाँले वनाएका घोषणा पत्रका हरेक वुँदा वडाध्यक्षले गर्ने कामलाई वहाँले म सांसद भएर गर्छु भनेर लेख्नुभएको छ। नगर प्रमुखले गर्ने कामलाई वहाँले सांसद भएर गर्छु भन्नु भएको छ’ उनले थपे–‘विडम्वनाको कुरा के हो भने नगर प्रमुख हुनु पर्ने मान्छे÷वडाध्यक्ष हुनु पर्ने मान्छे वहाँले सांसदको जिम्मेवारी के हो भन्ने कुरा वुझनु नै भएको रहेनछ।’ 

१५ वर्ष सांसद र पटक–पटक मन्त्री भएर प्रकाशमान सिंहले के काम गरे ? भन्दै मिश्रले प्रश्न उठाए। ‘बातावरण मन्त्री भएर वहाँले काठमाण्डौं सवैभन्दा प्रदुसित सहर मध्येको सहर हो। यहाँका खोलानाला सवैभन्दा प्रदुशित मध्येका प्रदुशित हुन। यहाँको ट्राफिक प्रदुशण उत्तिकै उच्च छ’ मिश्रले भने–‘वहाँले प्रदुशण नियन्त्रणका लागि के गर्नु भयो ? वहाँले आपुर्तिमन्त्री भएर स्थानीय विकास मन्त्री भएर के चै काम गर्नु भयो ?’

प्रकाशमान सिंहले देश र जनताका लागि सांसदमा एक शब्द नवोलेको पनि मिश्रको आरोप छ। ‘वहाँले १५ वर्ष सांसद भएर.., यहाँ वहाँले के लेख्नु भएको छ थाहा छ ? वहाँले के लुख्नु भाछ भने– प्रतिनिधि सभामा उपस्थित रही जनता र राष्ट्रको पक्षमा आवाज वुलन्द गर्ने’ उनले भने–‘वहाँले १५ वर्षमा देशको दुरगामी हितको लागि के कस्ता आवाज उठाउनु भो ? र देशको महत्वपूर्ण कानुन निर्माणमा कति ठाउँमा हस्तक्षेपकारी र परिवर्तनकारी भुमिका खेल्नु भो ? ल देखाउनोस त।’ 

१५ वर्ष सांसद भएको, २५ वर्ष अघि मन्त्री भएको र देशको उपप्रधानमन्त्री भएको मान्छेले सांसदको काम कर्तब्य र अधिकार के हो ? वुझनु भारैनछ भन्दै ‘सांसदले भनेको नीति वनाउने हो। कानुन वनाउने हो। संसदिय समितिमा वसेर नीति र कानुनको अनुगमन गर्ने हो, मुल्यांकन गर्ने हो। र त्यो नीति र कानुन वनाएपछि त्यो नीति र कानुन कार्यान्वयन गर्ने स्थानीय तहहरु हो। तर, वहाँको नारा हेर्नुस, केन्द्रमा प्रभाव–क्षेत्रमा विकास।’ भन्दै जवाफ दिए।
 

प्रकाशमान सिंह रविन्द्र मिश्र

विशेष