News

आलोचकप्रति ट्वीटरमै झम्टिएपछि बाबुरामको आलोचना

आलोचकप्रति ट्वीटरमै झम्टिएपछि बाबुरामको आलोचना

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्ना बारेमा अनर्गल प्रचार गरेको भन्दै ट्वीटरमा धम्कीपुर्ण अभिब्यक्ति दिएपछि अहिले उनको आलोचना भईरहेको छ।

भट्टराई ‘सामाजिक संजालमा फोहर ओकल्नेहरूको हिसाब इतिहासले राख्छ !’ भन्दै चेतावनीयुक्त भाषाको प्रयोग पछि उनको आलोचना सुरु भएको हो। आफू स्वेच्छाले निर्वाचनको प्रतिस्पर्धामै नहुँदाहुँदै पनि तस्वीर राखेर अनर्गल प्रचार गरिएकोप्रति उनले आपत्ति जनाएका थिए । ‘जो स्वेच्छाले चुनावी प्रतिस्पर्धामै छैन र स्वविवेकले भिन्न ढंगगको रूपान्तरणकारी राजनीतिको पैरवी गरिरहेको छ उसको समेत फोटो राखेर अनर्गल दुष्प्रचार गर्नेहरू कुन ग्रहबाट आएका हुन् ?’ भन्दै उनले प्रश्न गरेका थिए।

ट्वीटरमा उनले लेखेका छन्, ‘उनीहरूको चर्मचक्षु भएपनि ज्ञानचक्षु छैन कि ? सामाजिक संजालमा फोहर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने नै छ !’ आफु निर्वाचित हुँदै आएको गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाललाई उम्मेदवार वनाएर छोरी मानुषीका लागि दकाठमाण्डौं ७ सुरक्षित गरेका भट्टराईको पछिल्लो समय तिव्र आलोचना भईरहेको छ। सोही विषयमा उनले ट्वीटरमा धम्कीको भाषा प्रयोग गरेका हुन।

खास गरी अध्यक्ष दाहालसँग मिल्ने कुनै सम्भावना नभएको भन्दै पार्टी छोडेर हिडेको तर अन्तिम समयमा उनै दाहालसँग मिसिन पुगेको, छोरीलाई सांसद वनाउने र आफु राष्ट्रपति वन्ने लोभमा गोरखाका जनतालाई धोका दिएको तथा स्वार्थ पुरा भएपछि आफैले बोलेको कुराबाट पछि हटेको विषयमा उनको आलोचना भईरहेको छ।

भट्टराईले डेढ वर्ष अघि आफुले फटाई कुरा गरेको केही दिनअघि गोरखामा भाषण गर्दा आफैले पुष्टि गरेका थिए। बूढीगण्डकी आयोजनाबाट शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएको कुरामा अहिले कुनै विवाद नभएको भन्दै उनले आफनो कुरालाई आफै झुटो सावित गरेका छन्। बूढीगण्डकीबारे आफूहरुकाबीचमा अव कुनै विवाद नभएको बताउँछन्।

उनका पछिल्ला क्रियाकलाप तथा ट्वीटका विषयमा राजेश भण्डारी भन्छन्–‘धम्की? तिमीहरूले देशको लागि के योगदान देको छौ र तिमीहरले गरेको अपराधको सजाय हाम्रा छोरा नाती ले अझै कति पुस्ता पाइरहनु पर्ने हो? जनताको रगतको होलि खेलेर तिमीहरूको छोराछोरीको आर्थिक र राजनीतिक भविष्य सुनिश्चित गरिदिनु पर्ने ? जनमत संग्रहमा जाने आँट छ तिम्रो संबिधान बोकेर?’

यसैगरी, विजय देवकोटाले ‘हिंसाको बलमा राष्ट्र र नागरिकको समय बर्बाद पारेका, बोली र व्यवहारको ठेगान नभएका, चरम सत्ता दु्रब्यसन, संकीर्ण चिन्तनग्रस्त, नवउदारवादी÷विस्तारवादी नाफाखोरहरूका मित्र,बाह्य शक्तिकेन्द्रको शिखण्डी, मुखमा रामराम–बगलीमा छुरा चलाउने तपाईंहरूको हिसाब चाहिँ हाम्रो पुस्ताले राख्दैछ है !’ भन्दै टिप्पणी गरेका छन्।

यो पनि,

विशेष