News विदेश

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध ‘घडी चोर’ भन्दै नाराबाजी

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध ‘घडी चोर’ भन्दै नाराबाजी

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध ‘घडी चोर’ भन्दै नाराबाजी भएको भिडियो सार्वजनिक भएको छ। लाहोरमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा सर्वसाधारणले उनलाई घेरेर ‘घडी चोर’ भन्दै नारा लगाएका छन्।

नाराजुलुस हुँदै गर्दा इमरानले भने कुनै प्रतिक्रिया दिएका छैनन्। तर, उनले असहज महसुस गरेको जनाईएको छ। गत अक्टोबर २१ मा पाकिस्तानको निर्वाचन आयोगले इमरान खान सत्तामा रहेको वेला उनले प्राप्त गरेको उपहारको सही जानकारी नदिएको ठहर गर्दै पाँच वर्ष चुनाव लड्न नपाउने गरी उनलाई अयोग्य ठहर गरेको थियो । सोही निर्णयलाई संकेत गर्दै उनीविरुद्ध घडी चोरको नाराबाजी भएको हुन सक्ने जनाईएको छ।

पाकिस्तानमा प्रधानमन्त्री, राष्ट्रपति वा अन्य पदमा रहेका व्यक्तिले पाएको उपहारको जानकारी नेशनल अर्काइभमा दिनुपर्ने नियम छ । उपहार १० हजार पाकिस्तानी रुपैयाँ वरावरको भएमा सम्बन्धित व्यक्तिले कुनै पनि पैसा नदिई सो उपहर आफैसँग राख्न पाउँछ भने १० हजारभन्दा बढी भएमा २० प्रतिशत मूल्य तिरेर उपहार आफूसँग राख्न सकिने प्रावधान छ ।

यसैगरी ४ लाखभन्दा बढीको उपहार भए प्रधानमन्त्री वा राष्ट्रपतिले सो उपहार किन्न पाउँने ब्यवस्था छ भने अन्यथा सो उपहारलाई लिलामी गरिन्छ । इमरानविरुद्ध उनले २ दशमलव १५ करोडमा किनेको उपहार ५ करोडभन्दा माथिमा बेचेको आरोप छ ।
 

विशेष