News

गठबन्धनका साझा उम्मेदवारको सूचि सार्वजनिक (नामावलीसहित)

गठबन्धनका साझा उम्मेदवारको सूचि सार्वजनिक (नामावलीसहित)

सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका साझा उम्मेदवारहरुको नाम लिष्ट सार्वजनिक गरेको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाका साझा उम्मेदवारको सूची सार्वजनिक गरिएको हो। 

गठबन्धनले केही स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने र केही स्थानमा देखिएका विवादलाई छलफलमार्फत निष्कर्षमा पुर्याउने निर्णय गरेका छन्। ती स्थानमा एकापसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको विज्ञप्तिमा जनाइएको छ ।

काठमाडौं ३ र १० मा माओवादी केन्द्रले आफ्ना उम्मेदवार उठाएको छ भने काठमाडौंको अन्य प्रदेशसभा क्षेत्रमा पनि कांग्रेस, माओवादी र नेकपा एसका उम्मेदवार खडा छन्। 

पछिल्लो पटक सत्ता गठबन्धनले रुपन्देही–२ मा नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ ।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोस।
 

विशेष