News

राजु गुरुङलाई कस्ले दियो सर्वोच्च र निर्वाचन आयोग सेटिङमा चलेको सूचना

राजु गुरुङलाई कस्ले दियो सर्वोच्च र निर्वाचन आयोग सेटिङमा चलेको सूचना

रुपन्देही– २ बाट सत्ता गठबन्धनका उम्मेदवार रहेका एकीकृत समाजवादीका नेता राजु गुरुङले सेटिङ मार्फत आफनो उम्मेदवारी खारेज भएको आरोप लगाएका छन् ।

पाँच दलीय गठबन्धनबाट आफू उम्मेदवार भएपछि अत्तालिएर षड्यन्त्रपूर्वक आफ्नो उम्मेदवारी खारेज गरिएको उनको आरोप छ।

सर्वोच्च अदालतको आदेशलाई स्वीकार गर्ने बताएका गुरुङले एमालेका उम्मेदवार विष्णु पौडेललाई कटाक्ष गरे। बालुवाटारको सरकारी जग्गा खरिद गरेर फिर्ता गरेपछि विष्णु पौडेल चोखिन मिल्ने की नमिल्ने भनेर उनले प्रश्न उठाए ।

सरकारी जग्गा फिर्ता गरेर चोखिन मिल्ने तर सामान्य गल्ती कमजोरी गर्दा आफूले सजाय भोग्नुपरेको दुःखेसो पोखे । उनले भने–‘कानुनी अनविज्ञता क्षम्य हुँदैन भनिन्छ । तर, बालुवाटारमा सरकारी जग्गा हडपेर मैलै थाहा पाइनँ भनेर छुट पाइन्छ ?’

आफू व्यक्तिगत रूपमा कालोसूचीमा नरहेको जिकिर गर्दै गुरुङले अहिले पनि बैंकहरूमा खाता सञ्चालन भइरहेको बताए । ‘कर्जा सूचना केन्द्रको कालोसूचीमा राजु गुरुङको नाम कहीँ कतै देखिन्न । मेरो सिद्धार्थ बैंकमै व्यक्तिगत खाता चलिरहेको छ । अन्य बैंकमा पनि कारोबार भइरहेको छ। कालोसूचीमा रहेको कुनै सूचना छैन’– गुरुङले भने।

रुपन्देहीमा शनिबार सत्तारुढ गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो बनेको आरोपसमेत लगाए । गुरुङ बैंकिङ कसुरमा कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले असोज २५ गते उम्मेदवारी खारेज गरेको थियो ।

आयोगको उक्त निर्णयविरुद्ध गुरुङ सर्वोच्च अदालत पुगेका थिए । सुरुमा उम्मेदवारी कायम राख्न दिएको अल्पकालीन आदेशलाई सर्वोच्चले निरन्तरता नदिएपछि उनको उम्मेदवारी खारेज भएको थिइव ।

गुरुङको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनले रुपन्देही २ मा जनमुक्ति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । 
 

विशेष