News

ज्ञानेन्द्र शाही भन्छन्– जुम्ला भिख माग्ने ठाउँ होईन, जुम्लाले यो देशको नेतृत्व गर्छ

ज्ञानेन्द्र शाही भन्छन्– जुम्ला भिख माग्ने ठाउँ होईन, जुम्लाले यो देशको नेतृत्व गर्छ

केही समय अघिसम्म मिडियामा छाईरहने ज्ञानेन्द्र शाही आजभोली मिडियामा खासै देखिएका छैनन्। उनको सकृयता अहिले सामाजिक सञ्जाल र समाचारमा भन्दा पनि जुम्लामा वढेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता समेत रहेका शाहीले प्रतिनिधि सभा सदस्यका लागि जुम्लाबाट उम्मेदवारी दर्ता गराएका छन्। मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनेका उनी एकपटक जुम्लाले राष्ट्रको नेतृत्व गर्नका लागि आफूलाई जिताउनुपर्ने महत्वाकांक्षी नारा लिएर जनता माझ पुगिरेहका छन्।

उनको एउटै मात्र नारा छ–जुम्लाको अवस्था परिवर्तन। उनी भन्छन्–‘जुम्ला भिख माग्ने ठाउँ होईन, जुम्लाले यो देशको नेतृत्व गर्ने हो।’ जुम्लामा उत्पन्न भएको भाषा देशभरी नेपाली भाषा वनेको स्मरण गर्दै उनले जुम्लामा फल्ने स्याउ वाहिर निकाल्न सक्ने हो भने पनि यहाँको अवस्था परिवर्तन गर्न सकिने बताए ।

तर, जुम्लाको विकासमा कसैले ध्यान नदिएका कारण यहाँका नागरिक भारी वोकेर गुजारा गर्नु पर्ने अवस्थामा पुगेको उनको दावी छ। ‘मेरा वाउले हिजो गलैचा वोके, आज मेरो दाई गलैचा वोक्दैछ’ उनले भने–‘अब मेरो भतिजोले गलैचा वोक्ने की समृद्ध नेपाली नागरिक बन्ने त्यो सोच्ने बेला आएको छ।’

तथापी ‘मलाई भोट देउ’ भन्नका लागि आफुले जनतालाई झुठो आश्वासनको पोको नबाँडने उनले वताए । ‘म काम गरेर देखाउने मान्छे हुँ। जनताको काम गर्छु’ उनी भन्छन्–‘के गर्ने भन्ने योजना चाही चुनाव जितेपछि जनताको विचमा वसेर निर्णय लिन्छु।’

घोषणापत्रका नाममा झुठको पुलिन्दा आफुले नवनाउने उनले वताए । ‘ठुला–ठुला सपना देखाएर चुनाव पछि अनुहार नदेखाउने पक्षमा म छैन, यसबाट जनता विगतमै आजित भइसकेका छन्’ शाही भन्छन्–‘यसर्थ, मैले झुठको पुलिन्दा बनाउनुभन्दा सीमित मुद्दा बोक्नु राम्रो हो।’

आफनो उदेश्य भनेको बहुसंख्यक किसानको उत्पादनको बजार खोज्ने, उत्पादनलाई सरकारले नै किनिदिने कानुनको निर्माण गर्ने, हाम्रो पहिचान बनेको खस भाषा (हालको बोलीचालीको नेपाली भाषा), सिंजा सभ्यता र संस्कृतिको संरक्षण र बिस्तारका लागि कानून, नीति बनाउन र बजेट व्यवस्थापन गर्नु भएको उनको भनाई छ।

ज्ञानेन्द्र शाही

विशेष