News

आरजु युवालाई विदेश पठाउने, कांग्रेस रेमिट्यान्स घटाउने !

आरजु युवालाई विदेश पठाउने, कांग्रेस रेमिट्यान्स घटाउने !

नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री पत्नि आरजु राणा देउवाको चुनावी क्षेत्रमा गएर युवाहरुलाई निशुल्क विदेश पठाउने  आश्वास दिन्छिन। तर, पार्टीले भने अर्थतन्त्रमा रेमिट्यान्सको योगदान २३ प्रतिशतबाट १०–१२ प्रतिशतमा झार्ने प्रतिवद्धता जनाएका छ ।

नेपाली कांग्रेसको शनिवार घोषणापत्र सार्वजनिक गर्दै स्वदेशमै सम्मानजनक रोजगारी र उद्यममैत्री वातावरण बनाउने प्रतिज्ञा गरेको छ । समग्र उत्पादनको लागत घटाउने, तुलनात्मक लाभका क्षेत्रलाई प्रतिस्पर्धी बनाउने र बर्षेनी लाखौंको संख्यामा सम्मानजनक रोजगारी सिर्जना गर्ने कांग्रेसको प्रतिवद्धता छ ।

घोषणा पत्रमा एक दशकमा नेपाललाई उद्यम–अनुकूल, मध्यम आय भएको समन्यायिक मुलुक बनाउने घोषणा गरिएको छ भने एक दशकभित्र चरम गरिबी एक अङ्कमा सीमित गर्ने संकल्प गरेको छ ।

घोषणापत्रमा ५० युनिटसम्म बिजुली निःशुल्क दिनेदेखि नागरिकका महत्वपूर्ण दस्तावेज ‘होम डेलिभरी’ गर्नेसम्मका योजना समावेश छन् ।  यसैगरी, आधारभूत तहदेखि नै ज्ञानमा आधारित अर्थ व्यवस्था निर्माणमा जोड दिने, स्कुल–कलेज तहदेखि नै सूचना–प्रविधिसम्बन्धी शिक्षा र तालिम दिने र सञ्चार पूर्वाधार निर्माण गर्ने र त्यसमा सर्वसाधारणको पहुँच पु¥याउन प्रोत्साहन गर्ने संकल्प गरिएको छ ।

कनेक्टिभिटीसँग सम्बन्धित पूर्वाधार (सडक, हवाई, रेल, जल, ऊर्जा र डिजिटल सञ्जाल) मा बहुपक्षीय लगानी जुटाउने र त्यसका लागि झन्झटिला ऐन, नियम, प्रक्रिया सुधार गर्ने प्रतिज्ञा कांग्रेसको छ ।

कांग्रेसले घोषणापत्रमा अहिलेको असहज आर्थिक परिस्थितिको प्रमुख कारण नेपालको वर्तमान आर्थिक संरचना नै भएको निश्कर्ष निकालेको छ । २०४८ सालमा कांग्रेस नेतृत्वको सरकारले लिएकै नीतिलाई निरन्तरता दिँदा अर्थतन्त्र सुधार हुने कांग्रेसको भनाइ छ ।
 

विशेष