News

बम विस्फोटमा २ बालिकाको मृत्यु, ३ जना घाइते

बम विस्फोटमा २ बालिकाको मृत्यु, ३ जना घाइते

कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

तिलागुफा नगरपालिका–१० रानावाडामा स्थित कोदोबारीमा बम विस्फोट भएको हो। जसमा ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालका अनुसार गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका–१०  रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना छन् । उनीहरुलाई उपचारका लागि  हेलिकप्टरबाट सुर्खेत पठाइएको छ ।

पाँच बालबालिका खेलिरहेको ठाउँमा बम विस्फोट भएको प्रहरीको भनाइ छ । 
 

विशेष