News

कांग्रेसले ल्यायो ३/७३ को नारा, यस्ता छन अरु लोकप्रिय घोषणा [पूर्णपाठ]

कांग्रेसले ल्यायो ३/७३ को नारा, यस्ता छन अरु लोकप्रिय घोषणा [पूर्णपाठ]

नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने र सुत्केरी भत्ता ५ हजार पु-याउने घोषणा गरेको छ ।

शनिबार सार्वजनिक घोषणापत्रमा वृद्धभत्ता दिने उमेर ६५ वर्षमा झार्ने र सुत्केरी भत्ता ५ हाजार पुर्याउने उल्लेख गरिएको छ ।

कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ । तर कांग्रेसले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सार्वजनिक गरेको घोषणापत्रमा ६८ वर्ष लागेकालाई दिइने ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमा झारिने उल्लेख गरिएको छ ।

यसैगरी, ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने र ७३ वर्ष पुगेकाहरुको उपचार निशुल्क गर्ने घोषणा पनि गरेको छ । चुनावी घोषणापत्रमा बृहत् लक्ष्य नाम दिएर कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरु ल्याउने उल्लेख छ । जहाँ सुत्केरी भत्ता ५ हजार पु-याउने घोषणा गरिएको छ । चालु आर्थिक बर्षबाटै सरकारले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिँदै आएको छ ।

घोषणापत्रमा ३/७३ को नारा दिँदै कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरू ल्याउने घोषणा गरिएको छ । तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने भन्दै कांग्रेसले ३/७३ को नारा दिएको हो ।

५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने, बिमाको दायरा बढाएर १० लाख रुपैयाँ पु-याउने पनि घोषणापत्रमा छ । ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बिमा गर्ने भनिएको छ ।

यस्तो छ कांग्रेस घोषणापत्रको पूर्णपाठ

विशेष