News

डेढ वर्षदेखि प्रधानमन्त्रीले नै कार्यान्वयन नगरेको कुरा कांग्रेसको घोषणा पत्रमा

डेढ वर्षदेखि प्रधानमन्त्रीले नै कार्यान्वयन नगरेको कुरा कांग्रेसको घोषणा पत्रमा

नेपाली कांग्रेशले शनिवार चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभालाई लक्षित गरी सार्वजनिक गरिएको घोषणा पत्र कर्णप्रिय र लोकप्रिय छ।

यद्यपी, सामान्य कुरा समेत पालना नगर्ने र कार्यान्वयनमा नल्याउने कांग्रेसका लागि यो घोषणा पत्र कागजमै सिमित हुने सम्भावना धेरै छ। घोषणा पत्रको पृष्ठ २९ मा ‘अब्यवस्थालाई सुब्यवस्थामा वदल्ने हाम्रो प्रतिवद्धता’ भन्दै हरेक सार्वजनिक निकायका अधिकारीहरुले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने वाध्यकारी कानुन जारी गर्ने उल्लेख गरिएको छ।

तर, कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेको डेढ वर्ष वितिसक्दा समेत स्वयम् प्रधानमन्त्री देउवाले हालसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । नत सरकारका अन्य मन्त्रीले नै गरेका छन् ।

घोषणापत्रमा जे लेखिए पनि वर्तमान सरकारनै यसप्रति उत्तरदायी देखिदैन । यो सरकारले मन्त्रिपरिषद् बैठक निर्णयबाटै सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, अहिले सम्म सार्वजनिक भएको छैन । सम्पत्ति विवरण बुझाए पनि सार्वजनिक भने गरेका छैनन् ।

अर्को तर्फ कांग्रेसको घोषणा पत्रमा पाँच वर्षमा १२ लाख ५० हजार नयाँराजगारी सृजना गर्ने र अर्थतन्त्रमा रेमिट्यान्सको योगदान २३ प्रतिशतबाट १०–१२ प्रतिशतमा झार्ने प्रतिवद्धता कांग्रेसले जनाएको छ।

तर, प्रधानमन्त्री पत्नि तथा कांग्रेसकी केन्द्रिय सदस्य आरजु राणा देउवा आफै लागेर कांग्रेसलाई भोट दिने युवालाई निशुल्क विदेश पठाउने आश्वासन वाँडिरहेकी छिन् । तसर्थ कांग्रेसले घोषणा पत्र मतदाता प्रभावित वनाउन मात्र सार्वजनिक गरिरहेको हो की भन्ने आशंका उत्पन्न भएको कांग्रेसकै नेता कार्यकर्ताहरु वताउँछन्।

विशेष