News

सर्वहाराका नेता प्रचण्डको ज्याकेट मात्रै ६२ हजारको !

सर्वहाराका नेता प्रचण्डको ज्याकेट मात्रै ६२ हजारको !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिएका छन् । अन्तर्वातामा दाहालले आफ्नो नेतृत्वमा देशमा विकास र समृद्धिको यात्रा सुरु हुने बताएका छन् भने एमालेले १५० सिट जित्छु भनेरे गरेको दावीलाई वाईयात भनेका छन् ।

युट्युवमा अपलोड भएको अन्तर्वार्ताको भिडियोमा उनले धेरै कुरा वोलेका छन्। तर मान्छेको ध्यान भने उनले भनेका कुराले भन्दा उनले लगाएको कालो ज्याकेटले तानेको छ। अन्तरवार्ताका क्रममा दाहालले कैलाश कम्पनीको ज्याकेट लगाएका छन् ।

उनको ज्याकेटलाई लिएर अहिले सामाजिक सञ्जाल तातिएको छ। सामाजिक सञ्जालमा उनले लगाएको ज्याकेटको मात्रै मुल्य ६२ हजार ७१७ रुपैयाँ ६२ पैसा रहेको वताईएको छ। कैलाश कम्पनीको वेबसाईटमामा पनि उक्त ज्याकेटको मुल्य रु. ६२ हजार ७१७ रुपैयाँ ६२ पैसा उल्लेख छ। 

दाहालले लगाएको यो ज्याकेटका विषयमा पुर्व सञ्चारकर्मी विकाश पाण्डेले ‘के साँच्चै  ६२ हजार मात्रै पर्ने होला र, राष्ट्रनायकले लगाउने ज्याकेट ?’ भन्दै ब्यंग्य गरेका छन् । यतिमात्रै होईन, सर्वहाराका नेताको ज्याकेट ६२ हजारको भन्दै सामाजिक संजालमा आलोचना भईरहेको छ।

विशेष