News

प्रदेश अध्यक्षले नै पार्टी छोडेपछि रवि लामिछानेलाई धक्का

प्रदेश अध्यक्षले नै पार्टी छोडेपछि रवि लामिछानेलाई धक्का

चुनावको मुखमा प्रदेश अध्यक्षले नै पार्टी छोडेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नराम्रो धक्का लागेको छ। 

पार्टीका लुम्बिनी अध्यक्ष सुजन ज्ञवालीले पार्टी परित्याग गरेका छन् । उनी स्वतन्त्र पार्टी छाडेर आफ्नो पुरानै पार्टीमा फर्किएका छन्। 

नेकपा एमाले र अनेरास्ववियूको विभिन्न जिम्मेवारीमा काम गरेका ज्ञवाली दुई महिना अघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। तर, आज विज्ञप्ति जारी गर्दै पार्टी छोडेको जनाएका छन्।

उनले एउटा भ्रामक मौसमी हावाको झोक्काले आफूलाई छोएको बताएका छन् । त्यस्ता भ्रमको खेती गर्नेहरूबाट पार्टीको नाम सिवाय अरू थप केही नहुने महसुस गरेको उनले जनाएका छन्।

प्रदेश अध्यक्ष ज्ञवालीले नै पार्टी छोडेपछि उक्त पार्टी प्रति जनमानसमा नराम्रो असर देखिएको जानकारहरु बताउँछन्।
 

विशेष