News

शशांक कोईराला चुनावी कार्यक्रममै वेहोस !

शशांक कोईराला चुनावी कार्यक्रममै वेहोस !

नवलपुरको अमरापुरीमा भाषण गर्न पुगेका नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री शशांक कोईराला आइतबार वेहोस भएका छन् । उनलाई तत्कालै अस्पताल भर्ना गरिएको छ। 

मंसिर ४ को चुनावका लागि कोइराला नवलपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्। नवलपुरको अमरापुरीमा आज चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा उनी विरामी परेको र वेहोस भएको जनाईएको छ।

कोइरालालाई उपचारका लागि पुरानो मेडिकल कलेज लगिएको छ र होस फर्किसकेको जनाईएको छ। उनलाई आइतबार रातभर अस्पतालमा नै बसेर स्वास्थ्य स्थिति निरीक्षणका लागि चिकित्सकले सल्लाह दिएका छन्।

विशेष