जापानी पूर्वप्रधानमन्त्रीको हत्यामा ओली निकट एकनाथको ‘होली वाइन’ संस्थाको संलग्नता !

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा दक्षिण कोरियाको विवादास्पद धार्मिक समुह ‘युनिफिकेसन चर्च’ को संलग्नताका विषयमा छानविन चलिरहेको छ। जापानी प्रधानमन्त्री फुमिओ किशिदाले ‘युनिफिकेसन चर्च’ को सत्तारुढ दलसँगको सम्बन्ध र विवादबारे अनुसन्धान गर्न आदेश दिएका थिए।
सुरुमा जाँचका लागि अनिच्छुक देखिएका प्रधानमन्त्री फुमिओ आफ्नो राजनीतिक भविष्य बचाउन एक साता अघि मात्रै अनुसन्धानका लागि तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
युनिफिकेसन चर्च नेपालका पुर्व प्रधानमन्त्री केपी शर्मा ओली निकट एकनाथ ढकाल आवद्ध रहेको धार्मिक संस्था हो। ‘फेमिली फेडेरेसन फर वर्ल्र्ड पिस एन्ड युनिफिकेसन’ नामक सो संस्था पूर्वजापानी प्रधानमन्त्री सिन्जो आबेको हत्यापछि थप चर्चामा छ।
अनुसन्धानका क्रममा युनिफिकेसन चर्चसँगको सम्बन्धको विषयमा स्पष्ट रुपमा जानकारी दिन नसकेपछि जापानको आर्थिक पुनरुत्थानमन्त्री दाइशिरो यामागिवाले समेत राजीनामा दिएका छन्। उनको राजिनामा प्रधानमन्त्री फुमियोका लागि ठुलो धक्का भएको जनाईएको छ।
यामागिवाले आफ्नो कामप्रति पश्चताप गरेपनि माफी भने मागेका छैनन्। उनले आफूले कुनै गैरकानुनी काम नगरेको जनाएका छन् । तर, आबेको हत्याका अभियुक्त तेत्सुया यामागामीले भने आबे युनिफिकेसन चर्चलाई समर्थन गर्ने राजनीतिज्ञ भएकाले नै आफूले हत्या गरेको बयान दिएका छन्।
उनले आफ्नो परिवार टाट पल्टिनुमा चर्चको भूमिका रहेको दाबी गर्दै आफ्नी आमाले दुई दशकअघि चर्चलाई ठूलो रकम चन्दा दिएको बताइएका छन् । दोस्रो विश्वयुद्धपछि जापानको प्रधानमन्त्री बनेका आबेका हजुरबा नोबुसुके किशीले जापानमा युनिफिकेसन चर्च स्थापना गर्न सहयोग गरेका थिए।
आबेको हत्यापछि सत्तारुढ लिबरल डेमोक्य्राटिक पार्टी (एलडीपी)का सयौं सांसदहरूको सम्बन्ध उक्त चर्चसँग देखिएको थियो । सो दलका २ सय ५९ सांसदहरूमध्ये आधा सांसदको चर्चसँग सम्बन्ध रहेको अन्तर्राष्ट्रिय समाचार संस्था गार्जियनले उल्लेख गरेको छ।
युनिफिकेसन चर्चमा नेपालका राजनीतिक दलसम्बद्ध नेताहरूको समेत संलग्नता रहेको भन्दै यसबारे अनुसन्धान गर्नुपर्ने माग भइरहेको छ। विशेषगरी परिवार दल युनिफिकेसन चर्चसँग सम्बन्धित रहेको चर्चा छ। परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेकपा एमालेको समानुपातिक सूचीमा खस–आर्य समूहमा दोस्रो नम्बरमा रहेका छन्।
उनले यसअघि केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा युनिफिकेसन चर्चकी उपप्रमुखलाई नेपालमा बोलाएर नेपालका कम्युनिस्ट पार्टीहरुलाई ‘होली वाइन’ पिलाएका थिए। उनले नेपालमा क्रिश्चियानीटी प्रचार गर्नका लागि सरकारलाई प्रयोग गरेका थिए।
अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाउन एकनाथले सहयोग गरेको भन्दै ओलीले एकनाथलाई समानुपातिक सूचिको दुई नम्बरमा राखेका हुन्। जसको नेपालाम पनि चर्को विरोध भइरहेको छ।