News

हिमालमाथि चीनको दादागिरी, यि महिलालाई हिमाल चढन पनि दिएन 

हिमालमाथि चीनको दादागिरी, यि महिलालाई हिमाल चढन पनि दिएन 

६ महिनाभित्र विश्वका सवैभन्दा अग्ला अग्ला १४ वटा हिमाल आरोहण गर्ने अठोटका साथ नेपाल आएकी नर्वेजियन हिमाल आरोही चीनको अवरोधका कारण निराश भएर स्वदेश फर्किएकी छिन् ।

विश्व प्रसिद्ध आरोही निर्मल पुर्जाको रेकर्ड तोड्न भन्दै नेपाल आएकी प्रसिद्ध आरोही क्रिस्टिन हरिला चीनका कारण आफ्नो प्रयास असफल भएपछि स्वदेश फर्किएकी हुन् । निर्मलले सात महिनामा सवैभन्दा अग्ला १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान राखेका छन्।

उनको यो रेकर्ड तोड्न नेपाल आएकी हरिलाले १२ वटा हिमाल आरोहण गरिसकेकी छन् । तर, चोयु र सिसापाङमा हिमाल आरोहण गर्न चीनको बाटो मात्रै सहज भएको र त्यसका लागि चीनले अनुमती नदिएपछि उनी स्वदेश फर्किएको जनाईएको छ।

चीनले अनुमति नदिए पनि उनले ती दुई हिमालको आरोहणका लागि नेपालतर्फबाट पनि प्रयास गरेकी थिइन् । तर खराब मौसमका कारण सफल हुन नसकेको हो। स्वदेश फर्किँदै गर्दा हरिलाले आफ्नो नियन्त्रण बाहिरको कारणले चीनबाट अनुमति प्राप्त गर्न नसकेको बताउँदै आगामी वर्ष ६ महिनाभित्रै फेरी पनि अर्को प्रयास गर्ने बताएकी छन् ।

‘हाम्रा सबै सम्भावित उपायहरू सकिएका छन् । तर दुर्भाग्यवश हाम्रो नियन्त्रण बाहिरका कारण हामीले समयमै अनुमति प्राप्त गर्न सकेनौ,’ हरिलाले भनेकी छन् । 

नेपाली आरोही पुर्जाले सन २०१९ मा सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान राखेका थिए। ब्रिटिस सेनामा काम गरिसकेका ३६ वर्षीय निर्मल पुर्जाले चीनको शीशापाङ्मा हिमालको चुचरोमा पुगेर आफनो अभियान पुरा गरेका थिए।

यस्तो कीर्तिमान यसअघि दक्षिण कोरियाका किम चाङ्–हो को नाममा थियो जसले १४–हिमालका आरोहण सक्न सात वर्ष १० महिना ६ दिन लगाएका थिए। सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्रा गर्दा उनले सगरमाथा चढ्ने अठोट गरेर आरोहीको रूपमा जीवन शुरू गरेका थिए।

सन् २००३ मा ब्रिटिस सेनामा पुगेका पुर्जालाई सन् २०१८ मा रानी एलिजावेथले एमबीई प्रदान गरेकी थिइन्।

यि हुन पुर्जाले चढेको विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल हिमाल र सफल आरोहणको मितिः
 

अन्नपूर्ण, नेपाल, एप्रिल २३
धौलागिरी, नेपाल, मे १२
कञ्जनजङ्गा, नेपाल, मे १५
सगरमाथा, नेपाल, मे २०
लोत्से, नेपाल, मे २२
मकालु, नेपाल, मे २४
नाङ्गापर्वत, पाकिस्तान, जुलाई ३
जी १, पाकिस्तान, जुलाई १५
जी २, पाकिस्तान, जुलाई १८
के २, पाकिस्तान, जुलाई २४
ब्रोड पिक, पाकिस्तान, जुलाई २६
चो यू, चीन, सेप्टेम्बर २३
मनास्लु, नेपाल, सेप्टेम्बर २७
शीशापाङ्मा, चीन, अक्टोबर २९

विशेष