News

बुलिङटार बस दुर्घटनामा ५ जनाको मृत्यु, सवैको सनाखत

बुलिङटार बस दुर्घटनामा ५ जनाको मृत्यु, सवैको सनाखत

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना दर्शनका लागि जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–२ मथारमा आइतबार बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

रम्भा–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनथ विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीया देवी गाहा र गल्याङ नगरपालिका–९ बेलचौरकी ४५ वर्षीया जुलमाया माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा रम्भा गाउँपालिका–१ बस्ने ४ वर्षीय अंकित सुनार, १० वर्षीय कृष्ण केवट, १८ वर्षीय प्रविन सुनार, २० वर्षीय राम विक, २१ वर्षीया रिता विक, २५ वर्षीय कासीराम विक, १ वर्षीया आइसा विक, १६ वर्षीय अविनास विक, १७ वर्षीय विशाल विक, ७ वर्षीया पुष्पा विक घाईते छन् ।

यसैगरी, ४७ वर्षीय मेघनाथ विक, स्याङ्जा गल्याङ–९ का २५ वर्षीय दिल माया राना, सोही स्थानका ३ वर्षीय रविन राना, भैरहवा भीम अस्पतालमा कार्यरत ३२ वर्षीय सुमित्रा विक, रम्भा–१ भाले ढुङ्गाका १५ वर्षीया रिमा विक, रम्भा–१ की ३२ वर्षीया सनु सुनार, रम्भा–१ का ३८ वर्षीय प्रेम बहादुर सुनार पनि घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २० वर्षीय आशिष सुनार, २० वर्षीय विजय विक, ३६ वर्षीया मायाँ विक, स्याङ्जा गल्याङ–८ का ३५ वर्षीय मनोज कुमार विक, सोही स्थानका ३० वर्षीया उमा कुमारी विक, गल्याङ–९ की ३० वर्षीय सरिता माझी, सोही स्थानका ३१ वर्षीय रामु राना, पाल्पा रम्भा–१ की १२ वर्षीया अस्मिता सुनार, ४७ वर्षीय ओमबहादुर विक, ४५ वर्षीया सेती विक र ४८ वर्षीया शिव कुमारी विक पनि घाईते छन् ।

दुर्घटनामा घाईते भएका बसका चालक रामपुर ३ का दिल कुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाँडका साजन श्रेष्ठसहित सवैलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल नारायणघाट पठाइएको छ। 

बस सडकबाट झण्डै सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्तापूर्व)का डिएसपी सन्तोष पाठकले जानकारी दिए।

विशेष