News

कालिकोटमा बन्यो झोलुङ्गे पुलको नयाँ मोडल, सामाजिक सञ्चालमा चर्चा

कालिकोटमा बन्यो झोलुङ्गे पुलको नयाँ मोडल, सामाजिक सञ्चालमा चर्चा

कालीकोटको खाडाँचक्र नगरपालिका–२,जितेगडास्थित कर्णाली नदीमा बनाइएको झालुङ्गे पुलको फोटो अहिले सामाजिक सञ्जालमा चर्चामा छ। पुल चढ्न वनाईएको भ-याङका कारण उक्त फोटो चर्चामा आएको छ।

‘पूर्वाधार विकासको नेपाल ढाँचा’ भन्दै उक्त पुललाई लिएर ब्यंग्य भईरहेको छ। ब्यंथ्यको केन्द्रमा छन्, कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही। झोलुङ्गे पुलमा भ-याङ हालिएको उक्त तस्बिर कर्णालीका पूर्वमुख्य मन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्लामा पर्छ।

जितेगडास्थित कर्णाली नदीमा बनाइएको उक्त पुल पुरानो र जीर्ण बनिसकेको छ। दसैँलगत्तैको बाढीले पुलको आधा भाग बगाएको थियो। कालीकोटको जितेगडा पुगेका नागरिकले नरहरिनाथ, सान्नीत्रिवेणी, पँचालझरना, पलाता गाउँपालिका र रास्कोट नगरपालिका आवतजावतका लागि यही पुलको प्रयोग गर्दै आएका थिए।

बाजुरा र हुम्ला जान पनि यही पुल प्रयोग हुने गरेको छ। बाढीले पुल प्रयोग गर्न नमिल्ने भएपछि त्यहाँका यतायात र होटल व्यवसायीले गत कार्तिक १० गते पुलमा चढ्न भ-याङ लगाएका छन्। 

उक्त पुलको फोटो आइतबारदेखि सामाजिक सञ्जालमा चर्चित छ। कतिपयले कर्णालीका पूर्वमुख्यमन्त्री शाहीलाई कटाक्ष गर्दै फेसबुकमा फोटो पोष्ट गरेका छन्। फोटोले संघीय सरकारमा ऊर्जा मन्त्री र कर्णालीको पहिलो मुख्य मन्त्री बनेर करिब चार वर्ष सरकार चलाएका शाहीलाई गिज्याइरहेको स्थानीय बताउँछन्। 

शाहीले भने राजनीतिक पूर्वाग्राहका कारण वाढिले पुल बगाएको दोष आफूमाथि लगाईएको बताए । 

विशेष