News

‘भर्जिन’ उम्मेदवारसँग चुनाव लड्दै एमाले नेता इश्वर पोखरेल

‘भर्जिन’ उम्मेदवारसँग चुनाव लड्दै एमाले नेता इश्वर पोखरेल

आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति आउन २० दिन बाँकी छ। नेता/उम्मेदवारहरु मतदातालाई रिझाउन ब्यस्त छन्। गठवन्धन र स्वतन्त्रहरुको सकृयताले निर्वाचन यस अघि भन्दा भिन्न र चुनौतीपूर्ण छ।

राजनीतिक माहौल, युवा/स्वतन्त्रहरुको सकृयता, सामाजिक सञ्जालको हस्तक्षेप र उम्मेदवारहरुको अवस्था हेर्दा हरेक निर्वाचन क्षेत्र उत्तिकै चर्चामा छन् । राजधानी काठमाडौंमा चर्चामा रहेका १० क्षेत्र मध्ये ‘क्षेत्र नम्बर ५’ पनि एक हो।

काठमाण्डौं –५ मा सत्ता गठबन्धन, नेकपा एमाले र स्वतन्त्रको त्रिपक्षिय भिडन्त देखिएको छ। यो क्षेत्रमा नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई दोहो-याएर उम्मेदवार बनाएको छ। ०६४ र ०७० मा यही क्षेत्रबाट लगातार पराजित भएका पोखरेल ०७४ सालमा भने कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतलाई हराएर निर्वाचित भएका थिए ।

लगातार दुई निर्वाचनमा पोखरेललाई हराएका कांग्रेस उम्मेदवार नरहरि आचार्य ०७४ मा चुनावी प्रतिस्पर्धामा नआएपछि त्यसको फाईदा पोखरेलले उठाएका थिए । तर, यस पटक भने पोखरेल चेपुवामा परेका छन् । उनको प्रतिस्पर्धा भर्जिन उम्मेदवारसँग छ।

यहाँ १४ स्वतन्त्र र विभिन्न दल सहित २९ जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट राम प्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. प्रणय शम्शेर राणा तथा ०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेर चर्चामा आएकी रञ्जु दर्शना यो क्षेत्रबाट उम्मेदवार छन् ।

पोखरेल वाहेक वाहेक कुनै पनि उम्मेदवार हालसम्म संसद तथा मन्त्री बनेका छैनन। कुनै लाभको पदमा नरहेकोले सवैलाई भर्जिन उमेद्वारको रुपमा लिईएको छ। 

यो पनि,

तनहुँ गृहजिल्ला भएका कांग्रेसका नेता प्रदीप पौडेल सरल, सान्त र भद्र युवा नेताको रुपमा चिनिन्छन।  ०७४ सालको निर्वाचनमा उनी तनहुँ क्षेत्र न.२ को प्रदेश सभामा उम्मेदवार वनेर वाम गठबन्धनकी उम्मेदवार आशा कोईरालासँग ५ मतले पराजित भएका थिए।

कोइरालाले १६ हजार ६ सय ४६ मत ल्याएकी थिईन भने पौडेलले १६ हजार ६ सय ४१ मत ल्याएका थिए। उनी यस पटकको निर्वाचन पनि तनहुँबाट लड्ने योजनामा रहे पनि पार्टीले उनलाई पोखरेलसँग प्रतिस्पर्धामा उतारेको छ।

यसैगरी, दर्शना दर्शना (न्यौपाने) यसअघि विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएसँगै चर्चामा थिइन् । २१ वर्षकै उमेरमा उनले मेयरमा उम्मेदवारी मात्रै दिएकी थिइनन्, उनी तेस्रो स्थानमा रहँदै २३ हजार ४ सय ३९ मत प्राप्त गरेकी थिइन् । त्यतिबेला उनले चुनाव नजिते पनि काठमाडौंवासीको मन जितेको प्रतिक्रिया दिएकी थिइन् ।

वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा अधिकतम ढोंग पाएको उल्लेख गर्दै उनले विवेकशील साझा पार्टी छाडेकी थिइन् । 

यस्ता छन काठमाण्डौं ५ का उम्मेदवार
नेपाल कम्युनिष्ट पार्टी (एमाले)– इश्वर पोखरेल (६८ वर्ष)
नेपाली काँग्रेस– प्रदीप पौडेल (४७ वर्ष)
जनता समाजवादी पार्टी, नेपाल– भिम बहादुर मगर (४६ वर्ष)
राष्ट्रिय प्रजातन्त्र पार्टी– राम प्रसाद उप्रेती (६४ वर्ष)
नेपाल मजदुर किसान पार्टी– शैलेश डंगोल    (४० वर्ष)
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल– दानिन्द्र जोशी (४६ वर्ष)
मौलिक जरोकिलो पार्टी– राम कृष्ण परियार (५२ वर्ष)
हाम्रो नेपाली पार्टी– मधु सुदन पाठक    (३४ वर्ष)
नेपालका लागि नेपाली पार्टी– सागर ख्रडका (३७ वर्ष)
नेश्नलिष्ट पिपल्स पार्टी    – लवली थापा (३८ वर्ष)
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)– टिक माया गुरुङ्ग (५७ वर्ष)
नेपालवाद– दिपक कुमार शर्मा (५५ वर्ष)
एकीकृत शक्ति नेपाल– दिपक सिंह (४६ वर्ष)
जनसमाजवादी पार्टी नेपाल– राजु विष्ट (५४ वर्ष)
राष्ट्रिय स्वतन्त्र पार्टी– डा. प्रणय शम्शेर   राणा (३८ वर्ष)
स्वतन्त्र
श्रीराम गुरुङ (३९ वर्ष)
विनिता अर्याल     (३१ वर्ष)
बाबु राम पोखरेल (४५ वर्ष)
गोपीलाल न्यौपाने (५७ वर्ष)
सुशान्त श्रेष्ठ (३३ वर्ष)
कृष्ण राज श्रेष्ठ     (४६ वर्ष)
बिजय कंडेल (३८ वर्ष)
शान्तिराम पाण्डे (६१ वर्ष)
कुमार कोइराला (५३ वर्ष)
नारायण प्रसाद दाहाल (६० वर्ष)
रन्जु न्यौपाने (२७ वर्ष)
शैलेन्द्र बस्नेत (४० वर्ष)
हेमराज थापा (३० वर्ष)
रमेश केसी (४४ वर्ष)

विशेष