News

२० वर्षमा पहिलो विवाह गरेका भुवन केसी ६० कटेपछि तेश्री भित्र्याउँदै

२० वर्षमा पहिलो विवाह गरेका भुवन केसी ६० कटेपछि तेश्री भित्र्याउँदै

नेपाली कांग्रेसले भर्खरै सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता दिने उल्लेख गरेको छ। तर, झण्डै ६५ पुगेका अभिनेता भुवन केसी भने विवाह गर्ने तयारीमा जुटेका छन् ।

उमेरले ६० कटिसकेका केसीले तेस्रो विवाह गर्न लागेका हुन् । चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका केसीले प्रेमिका जिया केसीसँग विवाह गर्न लागेको चर्चा छ। उनीहरु दुवै जना अहिले अमेरिकामा छन् ।

जानकारी अनुसार उनीहरु करिब सात वर्षदेखि प्रेम सम्बन्धमा छन् र अहिले लिभइन टुगेदरमा पनि छन् । भुवन र जियाका परिवार, आफन्त र निकट फिल्मकर्मीलाई यी दुईको सम्बन्धबारे थाहा भए पनि सर्वसाधारण भने अनभिज्ञ नै छन् ।

तर भुवनले चाँडै जियासँगको सम्बन्धलाई औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । 

अघिल्ला दुई श्रीमतीसँगको असफल वैवाहिक सम्बन्धपछि भुवन यतिबेला जियासँगै छन् । सुस्मितासँग दोस्रो विवाह गरेका भुवनले त्यो सम्वन्धलाई पनि टिकाउन नसकेपछि तेस्रो विवाहको तयारी गरेका हुन।

भुवन र सुस्मिताले सन् २००२ मा सम्बन्धविच्छेद गरेका थिए। उनले अहिले पुनर्विवाह गरिसकेको भुवनले जनाएका छन् । सुस्मितासँगको सम्बन्ध आफ्नो कारणले भन्दा पनि उनकै कारणले टुटेको खुलासा पनि भुवनले गरेका छन् । त्यसयता नभेटेको र कुरा नभएको पनि उनले जनाए । सुस्मिता नायक अनमोल केसीकी आमा हुन। 
 
भुवनको पहिलो विवाह भने २० वर्षको उमेरमा विजयासँग भएको थियो। अहिले उनी अमेरिकामा रहेको र आफ्नो सुमधुर सम्बन्ध रहेको भुवनले बताएका छन्। हरेक अमेरिका यात्रामा जेठी श्रीमतीसँग भेट्ने गरेको भुवनले खुलासा गरेका छन् ।

विजयासँग भुवनको सम्बन्ध विग्रिएको ३० वर्ष पुगेको छ। जेठी श्रीमतीतर्फ भुवनका दुई सन्तान छन्।

भुवन केसी

विशेष